बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दरबारको राजपरिवारको सम्पत्ति राष्ट्रहितमा खर्च गरौँ

बिहीबार, ०७ कात्तिक २०७६, ०६ : १८
बिहीबार, ०७ कात्तिक २०७६

तत्कालीन राजपरिवारको सम्पत्तिबाट प्राप्त आय आर्जनलाई अझैसम्म राष्ट्रहितमा खर्च गरिएको छैन ।

नेपाल ट्रष्ट ऐनले तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनका परिवारको सम्पत्तिलाई शैक्षिक, प्राज्ञिक तथा स्वास्थ्य क्षेत्रमा सार्वजनिक लाभ हुने गरी राष्ट्रहितमा प्रयोग गर्ने स्पष्ट व्यवस्था गरेको छ । 

नेपाल ट्रष्टको कार्यालय गठन गरी तत्कालीन राजपरिवारको नाममा रहेका सम्पत्तिलाई नेपाल सरकार मातहत ल्याउने कार्य थालिएको १२ वर्ष भइसकेको छ । यसरी प्राप्त सम्पत्तिबाट आर्जन भएको करिब ७५ करोड रुपियाँ ट्रष्टको नाममा विभिन्न बैङ्कमा राखिएको छ भने ब्याज र भाडाबापत बर्से्नि करिब नौ करोड रुपियाँ आर्जन भइरहेको छ । 

कानुनतः नगद सम्पत्ति सार्वजनिक हितमा प्रयोग गर्ने व्यवस्था सुरुदेखि नै भए पनि त्यस क्षेत्रमा हालसम्म खर्च गरिएको छैन ।

नेपाल ट्रष्टको कार्यालयका सचिव गजेन्द्रकुमार ठाकुरले भने, “पहिले सञ्चालक समिति ठूलो थियो, बैठक बस्नै मुस्किल हुन्थ्यो । बल्ल छरितो सञ्चालक समिति पाएका छौँ । अब सम्पत्तिको प्रयोग गर्ने बारेमा अगाडि बढ्छौँ । ” विगतमा १३ सदस्यीय रहेको नेपाल ट्रष्टको सञ्चालक समिति अब सात सदस्यीय बनेको छ । विगतमा सबै सदस्यलाई जुटाउन निकै हम्मे पर्ने गरेको ट्रष्टका कर्मचारी बताउँछन् । गत वैशाख १७ गते नयाँ सञ्चालक समिति पाएको ट्रष्टको हालसम्म दुई वटा बैठक बसेको थाहा भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकृति अधिकारीले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप