शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सौरभ गांगुलीले लिए भारतीय क्रिकेट बोर्ड अध्यक्षको जिम्मेवारी

बुधबार, ०६ कात्तिक २०७६, २३ : ०७
बुधबार, ०६ कात्तिक २०७६

मुम्बई– भारतीय पूर्व क्रिकेट कप्तान सौरभ गांगुलीले बुधबार भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को अध्यक्षको जिम्मेवारी लिएका छन् ।

बिसिसिआईको मुख्यालयमा सम्पन्न वार्षिक साधारण सभाले गांगुलीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चुनेको थियो । अध्यक्ष पदका लागि गांगुलीको मात्र उम्मेदवारी परेको थियो । 

बोर्डका प्रशासकीय समितिका सदस्य डायना इदुल्जीले बिसिसिआईको मुख्यालयमा पत्रकारहरुसँग कुरा गर्दै भारतीय क्रिकेटको इतिहासमा पहिलो पटक कुनै खेलाडीले मुख्य जिम्मेवारी पाएकामा खुशी लागेको बताए । यो समितिको म्याद पनि नवनिर्वाचित कार्य समितिले सपथ लिएसँगै समाप्त भएको छ । 

केन्द्रीय गृहमन्त्री अमित शाहका छोरा एवं गुजराज क्रिकेट संघका जय शाह बोर्डको सचिवमा निर्वाचित हुनुभएको बिसिसिआईको निर्वाचन अधिकृत एन गोपालास्वामीले बताए ।

यस्तै, बोर्डको उपाध्यक्षमा उत्तराखण्ड क्रिकेट संघका महिम बर्मा तथा संयुक्त सचिव पदमा केरला क्रिकेट संघका जयेश जर्जले उम्मेदवारी दिएका छन् । 

हिमाचल प्रदेश क्रिकेट संघका अरुण सिंह धुमलले कोषाध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएको बोर्डको निर्वाचन समितिले जनाएको छ । एएनआई/
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप