खारेजीमा परेका म्यानपावरको ठगी रोकिएन
काठमाडौं-वैदेशिक रोजगार विभागबाट खारेजीमा परेका म्यानपावर कम्पनीले वैदेशिक रोजगारीसँग गतिविधि गर्दै आएको भेटिएको छ । विभागको सूचीबाट खारेजीमा परेको कामपा¬–४ चप्पलकारखानास्थित सि लिङ्क ओभरसिज सर्भिस प्रालिबाट ५२२ वटा राहदानी जफत भएसँगै खारेजीमा परेको म्यानपावरेल यससँग सम्बन्धित काम गरिरहेको पाइएको हो ।
सो म्यानपावरले वैदेशिक रोजगारीको नाममा ठगी गर्ने कार्य जारी राखेको, सक्कल राहदानी र रकम फिर्ता नगरेको भन्दै परेको उजुरीका आधारमा विभागको टोलीले अनुगमन गर्दा उक्त तथ्य फेला परेको हो । उजुरी परेपछि विभागले मङ्गलबार सो म्यानपावरमा शिलबन्दी गरेको थियो । विभागको टोली, म्यानपावरका कर्मचारी, महानगरपालिका वडा न ४ का वडा सदस्य, घरधनी र सुरक्षाकर्मीको रोहवरमा बुधबार शिलबन्दी खोलेर अनुसन्धान गर्दा वैदेशिक रोजगारसँग सम्बन्धित काम गरिरहेको पाइएको हो ।
वैदेशिक रोजगारमा पठाइ दिने भन्दै सयौँ व्यक्तिसँग रकम र राहदानी सङ्कलन गरिरहेको प्रारम्भिक अनुसन्धानमा खुलेको विभागले जनाएको छ । विभागको टोली म्यानपावर कम्पनीमा पुग्दा सयौँको सङ्ख्यामा पीडितहरु आफूहरु ठगिएको भन्दै म्यानपावर कार्यालय पुगेका थिए । खारेजीमा परेर पनि वैदेशिक रोजगारसँग सम्बन्धित कामकारबाही गरेको पुष्टि भए कारबाही हुने विभागले जनाएको छ । विभागले यसअघि पनि खारेजीमा परेको म्यानपावरलाई वैदेशिक रोजगारसँग सम्बन्धित कामकारबाही नगर्न सचेत गराउँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा सवारी दुर्घटना : तीन महिनामा १३ जनाको मृत्यु
-
भयावह बन्दै आगलागी : हप्तामा एक हजार स्थानमा डढेलो, ३ वर्षमा ३२४ ले ज्यान गुमाए
-
न्युरोडबाट बरामद सुन र रकम सार्वजनिक, तस्बिरहरू
-
अलपत्र आयोजनाको विवरण पठाउन जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
-
नयाँ फोनमा ह्वाट्सएप च्याट ट्रान्सफर गर्ने झन्झट सकियो
-
प्रधानमन्त्री र चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षबिच भेटवार्ता