अन्नपूर्ण आधार शिविरमा हिउँ पहिरोले पुरिएर एक जनाको मृत्यु
बुधबार, ०६ कात्तिक २०७६, १७ : ५१
पोखरा– अन्नपूर्ण आधार शिविरको पदमार्गमा हिउँ पहिरोले पुरिएर एक नेपाली युवकको ज्यान गएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका ११ बगर बेस क्याम्प नजिक एक्कासी हिउँको चट्टान फुटेर ३ पदयात्री पुरिएका थिए ।
हिउँ पहिरोमा पुरिएकामध्ये २ जनालाई जीवितै उद्दार गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसारसँगै पदयात्रामा निस्किएका पोखरा महानगरपालिका ५ पस्र्याङका १८ वर्षीय सञ्जय खनालको हिउँ पहिरोमा पुरिएर घटनास्थलमै मृत्यु भएको छ भने पस्र्याङकै १८ वर्षीय निरञ्जन कोइराला र पोखरा ११ फूलबारीका २० वर्षीय सन्तोष बास्तोलालाई सामान्य अवस्थामै उद्दार गरिएको छ ।
अहिले घाइते २ को मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री राणाद्वारा स्पेन र स्लोभाकियाका विदेशमन्त्रीसँग भेटवार्ता
-
मौद्रिक नीतिको दोस्रो समीक्षाबारे निजी क्षेत्रको प्रतिक्रिया : बैंकले मागेजस्तै आयो
-
प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबिच भेट
-
माछा मार्न गएका युवककाे मृत्यु
-
ठेक्काको अवधि सकिएपछि कालोपत्र गर्न थालियो
-
भीमबहादुर तामाङको स्मृतिमा भलिबल प्रतियोगिता