मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अन्नपूर्ण आधार शिविरमा हिउँ पहिरोले पुरिएर एक जनाको मृत्यु

बुधबार, ०६ कात्तिक २०७६, १७ : ५१
बुधबार, ०६ कात्तिक २०७६

पोखरा– अन्नपूर्ण आधार शिविरको पदमार्गमा हिउँ पहिरोले पुरिएर एक नेपाली युवकको ज्यान गएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका ११ बगर बेस क्याम्प नजिक एक्कासी हिउँको चट्टान  फुटेर ३ पदयात्री पुरिएका थिए । 

हिउँ पहिरोमा पुरिएकामध्ये २ जनालाई जीवितै उद्दार गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसारसँगै पदयात्रामा निस्किएका पोखरा महानगरपालिका ५ पस्र्याङका १८ वर्षीय सञ्जय खनालको हिउँ पहिरोमा पुरिएर घटनास्थलमै मृत्यु भएको छ भने पस्र्याङकै १८ वर्षीय निरञ्जन कोइराला र पोखरा ११ फूलबारीका २० वर्षीय सन्तोष बास्तोलालाई सामान्य अवस्थामै उद्दार गरिएको छ । 

अहिले घाइते २ को मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप