शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एल क्लासिकोको नयाँ मिति तय

बुधबार, ०६ कात्तिक २०७६, १७ : २९
बुधबार, ०६ कात्तिक २०७६

एजेन्सी । शनिबार हुने भनिएको बार्सिलोना र रियल म्याड्रिडबीचको सिजनको पहिलो एल क्लासिको स्थगित भएपछि नयाँ मिति तय गरिएको छ ।

आगामी अक्टोबर २६ मा खेलाइने भनिएको यो खेल अब डिसेम्बर १८ मा खेलाइनेछ ।

बार्सिलोनामा पछिल्लो दुई हप्तादेखि भइरहेको विरोध प्रदर्शनका कारण ला लिगाले खेल क्याम्प नाउबाट स्यान्टियागो बर्नाबेउमा सार्न र दोस्रो खेल बार्सिलोनाको घरेलु मैदानमा खेल्न आग्रह गरेको थियो । 

तर, दुवै क्लबले उक्त प्रस्ताव अस्वीकार गरेपछि स्पेनिस फुटबल फेडरेसनको सहमति अनुसार मिति सारिएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप