शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल संवत् ११४० को अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सहभागी हुने

बुधबार, ०६ कात्तिक २०७६, १६ : २४
बुधबार, ०६ कात्तिक २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् ११४० को उपलक्ष्यमा काठमाडौंको बसन्तपुरमा आयोजना हुने शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुने भएका छन् ।

प्रम ओलीले आज बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटरमा नेपाल संवत न्हूदँ राष्ट्रिय समारोह समिति ११४० का प्रतिनिधि मण्डलसंग भेटघाटको क्रममा उक्त कुरा बताएका हुन् ।

प्रम ओलीले आफू नेपाल संवतको ¥याली तथा सभामा प्रधानमन्त्री नभएको बेलामा पनि उपस्थित हुने गरेको स्मरण गर्दै यस बर्षको नयाँ बर्षमा आयोजना हुने सभामा विशेष रुपमा उपस्थित भई काठमाडौंका जनतालाई केही कुरा भन्ने इच्छा भएको विचार समेत व्यक्त गरेका छन् ।

साथै उनले नेवार समुदायहरुले कार्तिक १३ गते भाईटिका गर्ने भएकोले उक्त दिन सार्वजनिक बिदा दिने जानकारी गराउँदै नेपालको संस्कृति, परम्परामा नेपाल सरकारको सदैव सहयोग हुने विचार व्यक्त गरे । 

न्हूदँ समारोह समिति ११४० का अध्यक्ष रमेश महर्जनको नेतृत्वमा गएको उक्त प्रतिनिधि मण्डलमा नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको विशेष उपस्थिति रहेको थियो । 

समारोह समिति ११४० का अध्यक्ष महर्जनले प्रधानमन्त्री ओलीलाई कार्तिक १२ गते बसन्तपुरमा आयोजना हुने नयाँ बर्ष शुभकामना सभामा विशेष अतिथिको रुपमा उपस्थित भइदिनु हुन अनुरोध गर्दै नेपाल संवत सम्बन्धी गर्नुपर्ने कार्ययोजनालाई लिएर ध्यानाकर्षण पत्र बुझाएको थियो ।   

यसैगरी उक्त भेटघाट कार्यक्रममा प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठ, ३ नम्बर प्रदेशका सांसद बसन्त मानन्धर, पूर्व पर्यटन तथा संस्कृति राज्यमन्त्री दिलीप महर्जन, न्हूदँ समारोह सल्लाहकार समितिका संयोजक लक्ष्मीदास मानन्धर, न्हूदँ समारोह समितिका पूर्व अध्यक्ष डा. चुन्दा बज्राचार्य, सुरेन्द्रवीर मालाकारलगायत समारोह समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप