बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरबाट १० किलो चाँदी बरामद

बुधबार, ०६ कात्तिक २०७६, १६ : ०२
बुधबार, ०६ कात्तिक २०७६

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठाबाट प्रहरीले १० किलो चाँदी बरामद गरेको छ । अबैध रुपमा भारततर्फ लुकाइ छिपाई लाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा उक्त चाँदी फेला पारेको हो ।

बुधवार ना ४७ प २७२७ नम्बरको २२० सिसि को मोटरसाइकलमा लुकाएर राखिएको २ ओटा चाँदी (बुनिया) प्याकेट सशस्त्र प्रहरीले बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए । 

जनकपुर गणबाट सहायक प्रहरी निरीक्षक सुरेन्द्रकुमार झा र देवडिहाबाट रञ्जितकुमार तिवारीको कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले शंकाको आधारमा उक्त मोटरसाइकल फलो गर्दै जाँदा मोटरसाइकल छोडेर चालक र पछाडी सवार व्यक्ति फरार भएका थिए ।

बरामद भएको चाँदी जनकपुर भन्सार कार्यालयमा बुझाइ थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरी उपरीक्षक उप्रेतीले बताए । पछिल्लो समय सशस्त्र प्रहरी निकै सक्रिय भएका छन् । शंकास्पद व्यक्तिका साथै तस्करमाथि समेत निगरानी बढाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप