बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चाबहिलमा मूलसडककै घर भत्कियो , १० तस्बिरमा हेरौं

बुधबार, ०६ कात्तिक २०७६, १५ : ०७
बुधबार, ०६ कात्तिक २०७६

काठमाडौं– काठमाडौंको चाबहिलस्थित मूल सडकै घर भत्किएको छ। चाबहिलबाट चुच्चेपाटी जाने मूल बाटोमा रहेको उक्त घर भत्किएको हो।

बुधबार अपरान्ह १२ बजेर ४० मिनेट जाँदा भत्किएको थियो ।

घर भत्काउने काम गर्ने मजदूर रामबहादुर कुँवर र नजिकैको खाजा घरमा काम गर्ने जीवन मगर घाइते भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । दुवै जनाको मित्रपार्कस्थित दीर्घायु गुरु अस्पतालमा उपचार भइरहेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए । 

घाइतेमध्ये एकको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । एक जनाको आकस्मिक र एक जनाको सघन उपचार कक्षमा उपचार भइरहेको जनाइएको छ ।

 घर भत्काउँदा घरधनी र ठेकेदारले कुनै पनि सुरक्षा नअप्नाएकोले घटना भएको स्थानीयवासीको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप