शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

साझा पार्टीद्वारा कास्की २ को उपनिर्वाचनका लागि उम्मेदवार तय, को हुन् रजनी केसी ?

बुधबार, ०६ कात्तिक २०७६, १४ : २३
बुधबार, ०६ कात्तिक २०७६

काठमाडौं । रवीन्द्र मिश्र नेतृत्वका साझा पार्टीले आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा पोखरा निर्वाचन क्षेत्र नम्बर २ का लागि पार्टीको तर्फबाट केन्द्रीय सदस्य रजनी केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। 

यही कार्तिक ५ र ६ गते पोखरामा सम्पन्न साझा पार्टीको केन्द्रीय समितिको बैठकले पोखरा महानगरपालिका निवासी केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । सांसद रवीन्द्र अधिकारीको निधन भएपछि कास्की–२ मा उपनिर्वाचन हुन लागेको हो । 

साझा पार्टीले उपनिर्वाचन हुन गइरहेका अन्य रिक्त पदका लागि  पनि विधिविधान अनुसार क्रमिक रूपमा उम्मेदवार चयन गर्ने जनाएको छ । 
को हुन् केसी ?
कास्की क्षेत्र नं २ मा साझा पार्टीको उम्मेदवार रजनी केसी लामो समयदेखि समाज रूपान्तरणका लागि सामाजिक, धार्मिक र राजनीतिक रूपमा लागि परेकी अभियानकर्ता भएको साझा पार्टीले जनाएको छ । 
उनले सुरक्षित मातृत्व सञ्जाल महासङ्घ, नेपाल परिवार नियोजन सङ्घ लगायत विभिन्न सङ्घ, संस्थाहरुमा नेतृत्वदायी जिम्मेवारी सम्हाल्नुका साथै लामो समय विभिन्न तह र तप्कामा रहेर राजनीतिक अनुभव बटुलेकी छन्।

 गत वैशाखमा पोखरा विश्वविद्यालयको उपप्रशासक पदबाट राजीनामा दिएर उनी साझा पार्टी निर्माणको अभियानमा संलग्न भएकी थिइन्। उनले जनसङ्ख्या, लैङ्गिक अध्ययन तथा विकासमा स्नातकोत्तर गरेकी छन्।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप