राम रहिमलाई जेलभित्रै ज्यानको खतरा, डाक्टरले अदालतसँग सुरक्षा बढाउन माग गरे

डेरा सच्चा सौदाका प्रमुख गुरमित सिंह राम रहिमलाई जेलभित्रका अन्य कैदीले प्रताडना दिइरहेको र उनको हत्याको षड्यन्त्र पनि रचिएको बताइएको छ ।
यसैलाई आधार बनाएर मंगलबार पंजाब तथा हरियाणा हाइकोर्टमा याचिका दर्ता गरिएको छ । यसबारे चाँडै नै सुनुवाईको मागसमेत गरिएको छ । राम रहिम यौन शोषणको मामलामा २० वर्ष र पत्रकार छत्रपति हत्याकाण्डमा रोहतकको सुनारिया जेलमा जन्मकैदको सजाय काटिरहेका छन् ।
डेरा अस्पतालका डाक्टर मोहित गुप्ताले राम रहिममाथि जेलभित्रै तीनपटक हमला भइसकेको जानकारी दिएका छन् । उनका अनुसार समर्थकलाई जेलमा भेट्न दिइएको छैन । यसका साथै आरटीआईमार्फत् पनि कुनै सुचना नपाइएको उनले बताएका छन् । उनीहरुले याचिकामा राम रहिमलाई अदालतमा पेश गराउन र उनको सुरक्षा बढाउने माग उच्च न्यायलयसँग गरेको छ ।
जेलमा अनुयायीको हत्याले राम रहिमलाई खतराः
डा. गुप्ताले २२ जूनमा उच्च सुरक्षा भएको नाभा जेलमा डेराका एक अनुयायीको हत्या भएको जानकारी पनि दिए । उनका अनुसार डेराका अनुयायी निकै चिन्तित भएको र राम रहिमको सुरक्षाको विषयमा निकै चिन्तित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि मुछिएको सहकारी ठगीबारे एमाले–रास्वपाबिच प्रतिनिधिसभामा घोचपेच
-
बिहान कफी पिउनु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ?
-
पोखरा महानगरको भ्याकेट निवेदन : अब फेवाताल किनारमा कुनै कार्यक्रम हुँदैन ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पको प्रस्ताव रुसी राष्ट्रपतिले गरे स्वीकार
-
पुल सुधार र मर्मतका लागि विश्व बैंकसँग झन्डै २० अर्ब ऋण लिँदै सरकार
-
केपी ओली कपमा रातो कार्ड र रेफ्रीलाई हातपातको प्रयास, तस्बिरहरू