बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ब्राजिलका राष्ट्रपतिले  चीन भ्रमण गर्ने

बुधबार, ०६ कात्तिक २०७६, १३ : ३२
बुधबार, ०६ कात्तिक २०७६

बेइजिङ– ब्राजिलका राष्ट्रपति जाइर मेसियास बोल्सोनारो चिनियाँ राष्ट्रपति सी चीनफिङको निमन्त्रणामा बिहीबारदेखि शनिबारसम्म चीन भ्रमणमा आउने भएका छन् । ब्राजिलको राष्ट्रपतिका रूपमा निर्वाचित भएपछि उनको यो पहिलो भ्रमण हो ।

सन् १९५५ मा ब्राजिलको साओ पाओलोमा जन्मिएका बोल्सोनारो गत बर्ष ब्राजिलको राष्ट्रपति बनेका थिए भने राष्ट्रपतिको जिम्मेवारी यसै बर्षको जनवरी १ देखि सम्हालेका थिए। चीनमा रहँदा उनले राष्ट्रपति सीलगायतका उच्च पदस्थ अधिकारीसँग भेट्नुहुने कार्यक्रम तय भएको छ ।

उनीहरूबीच दुई देशबीचको कुटनीतिक तथा आर्थिक सम्बन्ध विस्तारका बिषयमा भेटवार्ता केन्द्रित रहने बताइएको छ । –सिन्ह्वा /Photo: AFP
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप