शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ग्रामीण दूरसञ्चार विकास कोषमा जम्मा भयो २० अर्ब

बुधबार, ०६ कात्तिक २०७६, १२ : १७
बुधबार, ०६ कात्तिक २०७६

ग्रामीण दूरसञ्चार विकास कोषमा २० अर्ब जम्मा भएको छ । ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवाको विकास, विस्तार र सञ्चालनका लागि स्थापना गरिएको उक्त कोषमा गत आर्थिक वर्षमा २० अर्ब जम्मा भएको हो । 

टेलिकम सेवा प्रदायक लगायतका कम्पनीहरुले गत आवमा रु १ रु ९४ करोड जम्मा गरेका छन् । तर यो रकम अघिल्लो आव २०७४÷७५ को तुलनामा रु ७ करोडले कम हो । दुई प्रमुख कम्पनीहरु एनसेल र नेपाल टेलिकमको आयमा आएको गिरावटका कारण कोषमा जम्मा हुने रकममा कमि आएको होे ।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको नियम अनुसार, प्राधिकरणको अनुमति लिई सेवा प्रदान गर्ने टेलिकम कम्पनी, इन्टरनेट सेवा प्रदायक लगायतका कम्पनीहरुले आफ्नो वार्षिक आयको २ प्रतिशत यो कोषमा जम्मा गर्नु पर्ने प्रावधान छ ।

प्राधिकरणको तथ्याङ्कअनुसार, गत आवमा निजी क्षेत्रको टेलिकम सेवा प्रदायक एनसेलले सबैभन्दा बढि रु १ अर्ब १० करोड यो कोषमा बुझाएको छ । यद्यपि, यो रकम उसले अघिल्लो आवमा बुझाएको भन्दा रु ८ करोड भन्दा बढिले कम हो । आव २०७४÷७५ मा एनसेलले रु १ अर्ब १९ करोड बुझाएको थियो ।

सरकारी स्वामित्वको नेपाल टेलिकमले रु ७० करोड ग्रामिण दूरसञ्चार विकास कोषमा बुझाएको छ । यो रकम अघिल्लो वर्षको तुलना रु ४ करोडले कम भएको तथ्याङ्कले देखाउछ ।
 
अन्तर्राष्ट्रिय आगमन कल टेलिकम कम्पनीहरुको आयको प्रमुख स्रोतहरु मध्ये एक हो । घट्दो कलको दर र त्यस माथि भाईबर र ह्वाटस्अफ जस्ता ओटिटी सेवाहरुको प्रयोगले अन्तर्राष्ट्रिय आगमन कलबाट हुने आम्दानी घटेको हो । अन्तर्राष्ट्रिय आगमन कलबाट हुने आयमा कमि र प्रतिस्पर्धाले गर्दा सेवाको मुल्यमा आएको गिरावट लगायतका कारणले टेलिकम कम्पनीेको आम्दानी घट्दो क्रममा रहेको छ ।
 
वार्षिक रुपमा कोषमा रकम जम्मा भई यसको कुल मौज्दात रु २० अर्ब पुगे पनि यसको सदुपयोग भने प्रभावकारी रुपमा हुन रकेको छैन । यहि कोषको रकमबाट हाल प्राधिकरणले जिल्लाहरु जोड्ने अप्टिकल फाईबर प्रोजेक्ट लागु संचालन गरिरहेको छ । तर यो काम जिम्मा पाएका तिनै कम्पनीहरु नेपाल टेलिकम, स्मार्ट टेलिकम र युनाईटेड टेलिकम लिमिटेडले आशा गरे बमोजिम काम गर्न सकेका छैनन् ।
 
हालै मात्र प्राधिकरणले स्मार्ट टेलिकम र युनाईटेड टेलिकम लिमिटेडलाई जिम्मा दिएको प्रोजेक्ट रद्द गर्ने निर्णय गरेको छ । नेपाल टेलिकमले पनि आशा गरे बमोजिम काम गर्न सकेको छैन जसका कारण यो आयोजना सम्पन्न हुन समय लाग्ने भएको छ ।
 
तथ्याङ्कअनुसार, इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्क र भायनेटको यस कोषमा क्रमशः रु ५ करोड ९५ लाख र रु १ करोड २६ लाख बुझाएको छन् । टेलिकम कम्पनीहरुको आम्दानी ठूलो हुने भएकाले कोषमा जम्मा हुने रकममा यी कम्पनीहरुको योगदान ठूलो रहन्छ ।
 
कुन कम्पनीको योगदान कति?
 

कम्पनी                                     आव २०७५/७६
एनसेल                                      रु १ अर्ब १० करोड
नेपाल टेलिकम                           रु ७० करोड
वल्र्डलिङ्क                                  रु ५ करोड ९५ लाख
भायनेट                                      रु १ करोड २६ लाख
अन्य                                         रु ६ करोड ४७ लाख
जम्मा                                       रु १ अर्ब ९४ लाख

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप