बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

धमाधम बन्दै छन् माटोका पालाहरु

बुधबार, ०६ कात्तिक २०७६, १२ : १०
बुधबार, ०६ कात्तिक २०७६

हिन्दू धर्मावलम्बीको दोस्रो ठूलो चाड तिहार आउन अब केही दिन मात्रै बाँकी छ । तिहार नजिकिँदै गर्दा भक्तपुरका प्रजापति समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याई छ । 

बोलाछें, ठीमि, ब्यासी, पोटरी स्क्वायरलगातका स्थानमा तिहारको लागि आवश्यक पर्ने माटाका भाँडा बनाइँदै गरेको देख्न सकिन्छ ।

व्यवसायीहरुका अनुसार तिहारको समयमा माटोको पालाको माग अत्याधिक हुन्छ । दिपावली गर्न अवसरमा मैन र विद्युतीय बत्ति बाल्ने प्रचलन बढे पनि विगतका केहि वर्ष यता माटोको पालामा मैन भरेको पाला बाल्ने क्रम बढेको छ ।

सुरक्षाको दृष्टीकोणले समेत पाला उत्तम मानिने गरिन्छ आगलागी नहुने भएकाले माग बढको जानकारहरु बताउँछन् ।   

तिहारका लागि माटोको पाला, भिउँटे, ठेकी, धुपौरो लगायतका माटोका सामाग्रीहरुको माग उच्च हुने गरेको छ । 

माटाको पाला बनाउन व्यस्त भक्तपुरका व्यवसायीको व्यस्ततालाई रातोपाटीका सुवास श्रेष्ठले आफ्नो क्यामेरामा यसरी कैद गरेका छन्ः 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप