चीनमा पनि छोरीभन्दा छोरा नै चाहिने : ४७ वर्षमा १.२ करोडको भ्रूण हत्या
एजेन्सी । छोरीभन्दा छोरा सर्वश्रेष्ठ मान्ने र सोहीकारण गर्भमै छोरीको हत्या हुने घटना भारतको लागि कुनै नौला होइन । तर छोराको चाहनामा गर्भमै छोरीको हत्या गर्ने मामिलामा भारत मात्रै हैन, चीन पनि उत्तिकै अभिशप्त रहेको खबरहरु प्रकाशमा आएको छ ।
खासगरी, हङकङमा रगतबाटै ७ देखि १० हप्तासम्मको भ्रुणको पनि लिङ्ग पहिचान गर्न सकिने प्रविधि प्रचलनमा छ । सोही प्रविधिको दुरुपयोग गर्दै चीनबाट हङकङमा अनलाइन कम्पनीहरुको माध्यमबाट लुकीचोरी रगत पठाउने गरिएको छ ।
चीनमा सन् २००२ देखि नै लिङ्ग जाँच गर्ने कुरा गैरकानूनी घोषित भइसकेको छ । तर विडम्बनाको कुरा के छ भने, हङकङमा त्यो कुरा वैधानिक छ । त्यहाँका क्लिकिनहरुमा गर्भवतीको रगतको नमूना जाँचेरै ७ देखि १० हप्तासम्मको भ्रुणको पनि छोरा वा छोरी के छ, लिङ्ग छुट्याउने गरिएको छ ।
रगतको नमूना हङकङसम्म पुर्याउनका लागि थुप्रै गिरोहहरु सक्रिय रहेका छन् । उनीहरुले यस कार्यमा बुढापाका महिलाहरुदेखि स्कुले छात्राहरुलाई समेत उपयोग गर्ने गरेका छन् । केहीसमयअघि मात्रै पनि त्यस्ता रगतका नमूना लिएर हङकङ जाँदै गरेका थुप्रै स्कुले छात्राहरु पक्राउ परेका थिए । रगतको तस्करी गर्ने ती गिरोहहरुले रगतको प्रतिनमूना १.५ देखि ५ हजारसम्म खर्च गर्ने गर्छन् ।
बढ्दो लैङ्गिक खाडल
भनिन्छ, सन् १९७० मा चीनमा एकमात्र बच्चा पाउने नीति लागू भएपछि त्यहाँ लिङ्गभेदले बढावा पाएको हो र त्यहीकारण ठूलो संख्यामा भू्रण हत्या भयो । सन् २०१५ आएर चीनको एउटा मात्र बच्चा पाउने बन्देज हटाइयो । तर त्यसपछि पनि त्यहाँ छोराको चाहनामा भू्रण हत्या हुने क्रम चाहिँ रोकिएन ।
भारतमा १००० पुरुषका लागि प्रति ९३० जना महिला छन् भने उता चीनमा भने महिलाहरुको संख्या प्रति १००० पुरुष बराबर ९२० जना छन् । सन् १९७० देखि २०१७ को बीचमा मात्रै चीनमा १.२ करोड बच्चीहरुको जन्मभन्दा पहिल्यै भू्रण हत्या भइसकेको छ ।
स्रोतः पञ्जाब केसरी