सेनामा भर्ना छनौट अनियमिततामा प्रकरण : २७ जना सैनिक तथा गैरसैनिकमाथि कारवाही
काठमाडौँ । नेपाली सेनाको भर्ना छनोटका क्रममा आर्थिक लेनदेन गर्ने तथा नक्कली परीक्षार्थी बनेका २७ जनालाई सेनाले कारवाही थालेको छ । तीमध्ये चार जना सैनिक र बाँकी गैरसैनिक रहेको नेपाले सेनाले जनाएको छ ।
नेपाली सेनाले गत साउनमा विभिन्न चालिस वटा भर्ना केन्द्रहरुमा पाँच हजार आठ सय सैन्य पदको भर्नाका लागि आवेदन मागेको थियो । सेनामा भर्ना खुलेपछि केही भर्ना केन्द्रहरुमा किर्ते तथा आर्थिक लेनदेनमा संलग्न भएको पाइएको भन्दै व्यापक आलोचना भएको थियो । सोही आशंकामा ४ जना सैनिक तथा २३ जना गैर सैनिक व्यक्तिहरुमाथि अनुसन्धान गरी सेनाले कारवाहीको प्रक्रिया थालेको थियो ।
जसअनुसार नेपाली सेनाको भर्ना केन्द्र श्री उत्तरपश्चिम पृतना हेडक्वाटरमा भएको सैन्य भर्ना प्रक्रियामा नक्कली परिचय पत्र बनाई किर्ते गरेको आशंकामा तीन जना र श्री नं.५ बाहिनी अड्डा, कैलाली, भर्ना केन्द्रमा आर्थिक लेनदेन गरेको आशंकामा एक जना सैनिकलाई सैनिक निगरानीमा राखी अनुसन्धान शुरु गरेको सेनाले जनाएको छ । सोही भर्ना केन्द्रमा नक्कली परीक्षार्थी पठाई परीक्षा दिन लगाउने वास्तविक उम्मेदवार छ जना तथा नक्कली परीक्षार्थी नौ जनालाई जिल्ला प्रहरी कार्यालय, सुर्खेतले पक्राउ गरी अनुसन्धान शुरु गरेको छ भने संलग्न अन्य व्यक्तिहरुको खोजी कार्य भइरहेको नेपाली सेनाको जनसम्पर्क तथा सुचना कार्यालले जनाएको छ ।
यसैगरी सैन्य भर्ना केन्द्र श्री नं.२४बाहिनी अड्डा, जुम्ला तथा श्री नं.५ बाहिनी अड्डा, कैलालीमा नक्कली परीक्षार्थी पठाई परीक्षा दिन लगाएका चार जना नक्कली परीक्षार्थीहरुलाई पक्राउ गरी अनुसन्धान भइरहेको सेनाले जनाएको छ । त्यहाँका वास्तविक उम्मेदवारहरुको पनि खोजी कार्य भइरहेको छ । अन्य ३ भर्ना केन्द्रहरुमा आर्थिक लेनदेनमा संलग्न ४ जना गैर सैनिक व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान थालेको सेनाले प्रस्ट पारेको छ ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाको नेतृत्व सम्हालेदेखि भर्ना छनौट प्रक्रियालाई स्वच्छ, निष्पक्ष र प्रतिस्पर्धात्मक बनाउने कुरालाई जोड दिँदै आएका छन् ।
सोही बमोजिम गत वर्षदेखि भर्ना छनौट प्रक्रियालाई अझ बढी प्रभावकारी र व्यवस्थित बनाउन सबै भर्ना केन्द्रहरुमा भेरिफिकेसन डेस्क राखी बायोमेट्रिक मेसिनको प्रयोग गरी उम्मेदवारहरुको भेरिफिकेसन गर्ने गरिएको छ । यस्तो व्यवस्थाले नेपाली सेनाको भर्ना छनौट प्रक्रियामा हुने अनियमिततामा कमी आउनुका साथै त्यस्ता कारवाहीले संगठन शुद्धिकरण अभियानमा समेत टेवा पुर्याउने नेपाली सेनाको विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्रेनाइट उत्खननको लाइसेन्स दिन्छु भनेर ठगेको आरोपमा एकजना पक्राउ
-
उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने हिमालय एयरलाइन्सको निर्णय
-
आईएलटीएस टेस्टको शुल्क अब आइएमई पेबाट तिर्न सकिने
-
नारायणहिटीको गेटबाट ओलीको गर्जन : फाल्तु कुरा गरेर कोही भ्रमित हुँदैन
-
सौराहामा डेढ अर्ब लगानीमा बन्यो पाँच तारे ‘रोयल टुलिप’ होटल
-
‘आइएमई पे’ एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका