शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पद्मावत फिल्ममा सलमान, ऐश्वर्या र अजय देवगनले अझ राम्रो भूमिका निभाउँथेः शाहिद कपुर

बुधबार, ०६ कात्तिक २०७६, ११ : ०७
बुधबार, ०६ कात्तिक २०७६

फिल्म पद्मावत हिट भएको एक वर्षपछि फिल्म अभिनेता शाहिद कपुरले उक्त फिल्ममा ‘हद दिल दे चुके सनम’ का कलाकार सलमान खान, ऐश्वर्या राय बच्चन र अजय देवगनले संजय लीला भंसालीको निर्देशनमा राम्रोसँग काम गर्ने बताएका छन् । यो फिल्ममा शाहिद कपुरले महाराज रावल रतन सिंहको भूमिका निभाएका थिए ।

यस्तै, यो फिल्ममा रणवीर सिंहले अलाउद्दीन खिलजी र दीपिका पादुकोणले पद्मावतीको भूमिका निभाएका थिए । नेहा धुपियासँगको कुराकानीमा शाहिद कपुरले भने, ‘हम दिल दे चुके सनमका कलाकार सलमान खान, ऐश्वर्या राय बच्चन र अजय देवगनले संजय लीला भंसालीको निर्देशनमा राम्रोसँग काम गर्थे ।’ शाहिद कपुरलाई उनले पद्मावतका तीन मुख्य भूमिकामा कसलाई रिकास्ट गर्न चाहन्छन् भनेर नेहाले सोधेकी थिइन् ।

भंसालीको पद्मावत १६ औं शताब्दिका कवि मलिक मुहम्मद जायसीको कविता ‘पद्मावत’ मा आधारित थियो । अत्यधिक ढिलाई र विवादपछि फिल्म अन्ततः सन् २०१८ को जनवरीमा रिलिज भयो र निर्देशक संजय लीला भंसालीले यो फिल्मका लागि राष्ट्रिय पुरस्कार पनि पाए । यो फिल्मले थुप्रै अदालती झमेलाको पनि सामना गर्नुपर्यो । यो फिल्मले बक्स अफिसमा राम्रो कमाई गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप