टोट्टनहाम र बायर्नको जित
इङ्लिस क्लब टोट्टनहाम र जर्मन क्लब बायर्न म्युनिख युइएफए च्याम्पियन्स लिग फुटबलमा जित निकालेका छन् । समूह ‘बी’ अन्तर्गत मंगलबार राति भएको खेलमा टोट्टनहामले सर्वियन क्लब करभेना जभेज्दा (रेडस्टार बेलग्रेड) लाई ५–० गोलले हरायो । अर्को खेलमा बार्यनले ग्रीसको ओलम्पियाकोसलाई ३–२ गोलल पराजित गर्यो ।
घरेलु मैदानमा टोट्टनहामको फराकिलो जितमा कप्तान ह्यारी केन र ह्युङ मिन सनले दुई दुई गोल गरे । अर्को गोल इरिक लामेलाले गरेका थिए । केनले नवौं र ७२औं तथा सनले १६औं र ४४औं मिनेटमा गोल गरेका थिए । इरिकले ५७औं मिनेटमा गोल गरेका थिए ।
यसैगरी बायर्नको जितमा रोवर्ट लेवान्डोस्कीले ३४औं र ६२औं मिनेटमा दुई गोल गरे । अर्को गोल कोरेन्टिन टोलिसोले ७५औं मिनेटमा गरेका थिए । घरेलु मैदानमा ओलम्पियाकोसका युसेफ अल अरवीले २३औं र गुइलहेर्मेले ७९औं मिनेटमा एक एक गोल गरेपनि टोलीको हार टार्न सकेनन् ।
समूहमा टोट्टनहामको यो पहिलो जित हो । जितसँगै दोस्रो स्थानमा रहेको टोट्टनहामले तीन खेलबाट चार अंक बनाएको छ । शीर्ष स्थानमा रहेको बायर्नको नौ अंक छ । रेडस्टार तीन अंकसहित तेस्रो स्थानमा छ । उक अंक बनाएको ओलम्पियाकोस अन्तिममा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा