शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एमसीसीको अनुदानमा पूर्वपश्चिम राजमार्गको मर्मत गरिने

बुधबार, ०६ कात्तिक २०७६, ०८ : १२
बुधबार, ०६ कात्तिक २०७६

मिलेनियम च्यालेज्न कर्पोरेसन(एमसीसी)को अनुदानमा महेन्द्र राजमार्गको मर्मत हुने भएको छ । सरकारले पूर्व पश्चिम राजमार्गको प्रस्ताव गरेपछि एमसीसीको अनुदानमा सडक परियोजनाअन्तर्गत मर्मत सम्भारको कार्य अगाडि बढाउने तयारी गरिएको हो ।

अमेरिकाले उपलब्ध गराउने ५० करोड अमेरिकी डलर अनुदानमाथि नेपाले १३ करोड अमेरिकी डलर थपेर बनेको एमसीसीको रकम सडक र ऊर्जा परियोजनाका लागि खर्च गरिँदै छ ।  सोही अनुसार मेची, कोशी, सगरमाथा र त्रिभुवन राजमार्गको ३०५ किलोमिटर सडक मर्मत सम्भार गर्ने भनिए पनि पछिल्लो समय महेन्द्र राजमार्गको मर्मतमा चासो देखाइएको हो ।

। नेपाल–भारत दोस्रो अन्तरदेशीय प्रसारण लाइन न्यू बुटवल–गोरखपुर(४०० केभी) निर्माणको लागि एमसीसीको अनुदान खर्च गर्ने गरी प्रक्रिया अगाडि बढाइएको थियो । सो सन्दर्भमा नेपाल र भारतबीच भएको अन्तरदेशीय प्रसारण लाइन निर्माणसम्बन्धी सहमतिसमेत भइसकेको छ ।

नेपाल सरकार र अमेरिकी सरकारबीच भएको सम्झौताअनुसार एमसीसीको कार्यान्वयन आगामी असार १६ गतेदेखि कार्यान्वयनमा जाँदैछ । सो मितिमा कस्ता परियोजनालाई अगाडि बढाउने क्रममा महेन्द्र राजमार्गको २७ किलोमिटर नमुनासहित १२७ किलोमिटर सडकको सर्मत गर्ने तयारी गरिएको एमसीसी कार्यान्वयनका लागि गठन गरिएको मिलिनियम च्यालेन्ज एकाउन्टले जनाएको छ । 

सडक मर्मत कार्य फूल डेफ्थ रिक्लाईमेसन(एफडिआर) प्रविधिमा गरिने भएको छ । यो प्रविधि नेपालमा पहिलो पटक भित्रिएको हो । महेन्द्र राजमार्गको चन्द्रौटादेखि भालुवाङपछि आउने लमही र त्यहाँबाट पश्चिम जाँदा शिव खोलासम्मको क्षेत्रमा सडक मर्मत हुन लागेको हो । 

यस सडक खण्डको अवस्थाकाबारेमा एमसीसीले सम्पूर्ण विवरण लिइसकेको छ । यो परियोजनामा उच्च प्रविधि प्रयोग हुने भएकाले यसलाई सडक निर्माणका क्षेत्रमा नमुना परियोजनाको रुपमा हेरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप