शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गलत रगत चढाइँदा मृत्यु : परिवारले अझै न्याय पाएनन्

बुधबार, ०६ कात्तिक २०७६, ०६ : ४४
बुधबार, ०६ कात्तिक २०७६

गलत रगत चढाउँदा ज्यान गुमाएकी सर्लाहीकी ५ वर्षीया बालिका आकृति साहका आफन्त न्याय माग्दै प्रहरी, मानवअधिकार आयोगदेखि अदालतसम्म धाइरहेका छन् । तर, घटनाको ६ महिना बितिसक्दा पनि साहका परिवारले न्याय पाएका छैनन् । 

मुटुको समस्या भएर गत वैशाख १३ गते बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र अस्पताल भर्ना भएकी साहको १७ गते शल्यक्रिया भएको थियो । वैशाख १३ गते अस्पतालले बालिकाको मृत्यु भएको घोषणा ग¥यो ।

 तर, बालिकाको आफन्तले अस्पतालको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाए । ‘ओ’ पोजेटिम रगत समूह भएकी बालिकालाई ‘ए पोजेटिभ’ रगत चढाइएको थियो ।  यो समाचार कान्तिपुर दैनिकमा फातिमा बानुले लेखेकी छिन् ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप