दुर्गेश थापाले फेरि हटाए विवादित गीतको भिडियो
काठमाडौं-गायक दुर्गेश थापाले प्रहरी नियन्त्रणबाट छुटेलगत्तै गाजाँ र बियर भन्ने शब्द म्युट गरेर ल्याएको गीत केहीबेरपछि फेरि हटाएका छन् । तिहारको छेको पारेर सार्वजनिक गीत ‘ह्याप्पी तिहार, चिसो बियर’ मा प्रयोग गरिएको शब्दका कारण विवादमा तानिएका गायक थापालाई मंगलबार प्रहरीले केही घण्टा नियन्त्रणमा लिएर छाडेको थियो ।
छुटेलगत्तै उनले विवादित शब्द हटाएर फेरि गीत रिलिज गरेका छन् ।उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेपछि प्रशासनले महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार गरेसँगै उनलाई पक्राउ गरिएको थियो ।
दुर्गेशलाई बालाजुबाट पक्राउ गरेर महाशाखामा लगिएको थियो । तर, दुर्गेशले सो गीत युट्युबबाट हटाउन सहमती जनाएसँगै उनलाई छाडिएको प्रहरीले जनाएको छ । दुर्गेशले सार्वजनिक गरेको ‘ह्याप्पी तिहार, चिसो वियर’मा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने जस्ता शब्द प्रयोग गरेका थिए ।
सो गीतले छिट्टै लोकप्रियता हासिल गरेपछि यसका केही शब्दहरुलाई लिएर आलोचनात्मक प्रतिक्रियाहरु समेत आएपछि युट्यूवको कमेन्ट बक्स नै गायव पारिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाले अहिलेसम्मकै ठुलो युद्धपोत बनाउँदै
-
कांग्रेसमा आफू भाइरल हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : परराष्ट्रमन्त्री देउवा
-
‘पूर्वराजाले चैत १५ को घटनाको जिम्मेवारी लिनुपर्छ’
-
युवालाई लोकतन्त्रको महत्त्व बुझाउन एमालेले ‘युथ सेलिब्रेसन’ आयोजना गर्ने
-
प्रचण्डलाई एमालेको जवाफ : सरकार परिवर्तन कतैबाट सम्भव छैन
-
एमालेले भन्यो– ज्ञानेन्द्रले अझै गल्ती गर्न खोज्दैछन्