शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्गेश थापाले फेरि हटाए विवादित गीतको भिडियो

मङ्गलबार, ०५ कात्तिक २०७६, २३ : ११
मङ्गलबार, ०५ कात्तिक २०७६

काठमाडौं-गायक दुर्गेश थापाले प्रहरी नियन्त्रणबाट छुटेलगत्तै गाजाँ र बियर भन्ने शब्द म्युट गरेर ल्याएको गीत केहीबेरपछि फेरि हटाएका छन् । तिहारको छेको पारेर सार्वजनिक गीत  ‘ह्याप्पी तिहार, चिसो बियर’ मा प्रयोग गरिएको शब्दका कारण विवादमा तानिएका गायक थापालाई मंगलबार प्रहरीले केही घण्टा नियन्त्रणमा लिएर छाडेको थियो ।

छुटेलगत्तै उनले विवादित शब्द हटाएर फेरि गीत रिलिज गरेका छन् ।उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेपछि प्रशासनले महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार गरेसँगै उनलाई पक्राउ गरिएको थियो ।

दुर्गेशलाई बालाजुबाट पक्राउ गरेर महाशाखामा लगिएको थियो । तर, दुर्गेशले सो गीत युट्युबबाट हटाउन सहमती जनाएसँगै उनलाई छाडिएको प्रहरीले जनाएको छ । दुर्गेशले सार्वजनिक गरेको ‘ह्याप्पी तिहार, चिसो वियर’मा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने जस्ता शब्द प्रयोग गरेका थिए ।

सो गीतले छिट्टै लोकप्रियता हासिल गरेपछि यसका केही शब्दहरुलाई लिएर आलोचनात्मक प्रतिक्रियाहरु समेत आएपछि युट्यूवको कमेन्ट बक्स नै गायव पारिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप