केन्द्रीय संस्करण

न्याम्सको प्रवेश परीक्षा कात्तिक ९ गते हुने

person explore access_timeकात्तिक ५, २०७६ chat_bubble_outline1
file photo

काठमाडौं-चिकित्सा विज्ञान राष्ट्रिय  प्रतिष्ठान (न्याम्स) ले स्नातकोत्तर तहको एमडी÷एमएस÷एमडीएमएसको प्रवेश परीक्षा  यही  कात्तिक ९ गते सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नयाँ शैक्षिक सत्र २०७६/७७ का लागि लिइने सो तहको प्रवेश परीक्षा स्थगन गर्न न्याम्सलाई यही १ कात्तिकमा निर्देशन दिएपछि  कात्तिक २ गते सञ्चालन गर्ने भनिएको सो तहको परीक्षा स्थगन भएको थियो । 

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री न्याम्सको सहकुलपति हुने प्रावधान रहेको छ । न्याम्सका डीन प्रा डा पीयुष दाहालले मन्त्रालयको निर्देशनअनुसार कात्तिक ९ गते शनिबार प्रवेश परीक्षा सञ्चालन हुन लागेको जानकारी दिए । न्याम्सलाई नयाँ शैक्षिकसत्रका लागि  नेपाल मेडिकल काउन्सिलले एमडी÷एमएस÷एमडीएमएस ११५ र डिएम÷एमसीएचतर्फ २१ सिट सङ्ख्या अध्ययन अध्यापन गर्न स्वीकृति दिएको थियो । 
 

कमेन्ट

  1. Oct. 23, 2019, 10:34 a.m. ganesh
    Exam time and center is same or it has changed ? students are confused . so it is better to clear from concerned authority. I ve seen news in different media but no one has cleared on about it.
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...