रिहा भएपछि दुर्गेशले फेरि रिलिज गरे विवादित गीत (भिडियो)
काठमाडौं-तिहार गीतमा गलत शब्द प्रयोग गरिएको आरोपमा पक्राउ परेर छुटेलगत्तै गायक दुर्गेश थापाले गाजाँ र बियर भन्ने शब्द म्युट गरेर फेरि गीत ल्याएछन् । तिहारको छेको पारेर सार्वजनिक गीत ‘ह्याप्पी तिहार, चिसो बियर’ मा प्रयोग गरिएको शब्दका कारण विवादमा तानिएकागायक थापालाई मंगलबार प्रहरीले केही घण्टा नियन्त्रणमा लिएर छाडेको थियो ।
छुटेलगत्तै उनले विवादित शब्द हटाएर फेरि गीत रिलिज गरेका छन् ।उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेपछि प्रशासनले महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुमा पत्राचार गरेसँगै उनलाई पक्राउ गरिएको थियो ।
दुर्गेशलाई बालाजुबाट पक्राउ गरेर महाशाखामा लगिएको थियो । तर, दुर्गेशले सो गीत युट्युबबाट हटाउन सहमती जनाएसँगै उनलाई छाडिएको प्रहरीले जनाएको छ । दुर्गेशले सार्वजनिक गरेको ‘ह्याप्पी तिहार, चिसो वियर’मा ‘ए निकाल गाँजा, खानुपर्छ आज’ भन्ने जस्ता शब्द प्रयोग गरेका थिए ।
सो गीतले छिट्टै लोकप्रियता हासिल गरेपछि यसका केही शब्दहरुलाई लिएर आलोचनात्मक प्रतिक्रियाहरु समेत आएपछि युट्यूवको कमेन्ट बक्स नै गायव पारिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु खर्च ५८ प्रतिशत हुँदा पुँजीगत खर्च २८ प्रतिशत मात्रै
-
स्थिरता र स्थायित्वका लागि यो सरकार बनेको हो : प्रधानमन्त्री
-
नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा
-
अर्थतन्त्र सुधारका प्रयासहरू सकारात्मक छन्, तर यतिले मात्रै पुग्दैन : अध्यक्ष ढकाल
-
राजनीतिक संयन्त्रको कुरा सरकारले नटेरेको गगनको गुनासो
-
विदेशी फिल्मको दबदबा : नेपाली भन्दा ४० प्रतिशत बढी विदेशी फिल्म प्रदर्शन