शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म छ माया छपक्कै हेरेपछि बाबुरामले दिए यस्तो प्रतिक्रिया

मङ्गलबार, ०५ कात्तिक २०७६, २१ : ३४
मङ्गलबार, ०५ कात्तिक २०७६

काठमाडौं-  पूर्व प्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले फिल्म छ माया छपक्कै हेरेका छन्  । मंगलबार सुन्धारास्थित क्युज चलिचत्र भवनमा उनले ४:४५ को शो हेरेका हुन् ।पत्नी हिसिला यमी र केही सहयोगीका साथ हल पुगेका उनले पुरै फिल्म चाख दिएर हेरेका थिए ।

 फिल्म हेरेपछि भट्टराईले सञ्चाकमीसँग कुरा गर्दै फिल्म मन परेको बताए  । फिल्मले नेपाली राजनीतिको समसामयिक बिषयबस्तु चित्रण गरेको भट्टराईको भनाई थियो ।  फिल्ममा मनोरन्जन पनि छ। यस्तो फिल्म बन्यो भने समाज रूपान्तरणमा सहयो पुग्छ, भट्टराईले भने 

छ माया छपक्कै नेपालको रामो फिल्ममा गणना हुने बताएका भट्टराईले फिल्मले चुनावको बेला राजनीतिक नेताले जनता ढाट्ने  बिषय पनि रामोसँग उठाएको दाबी गरे । भट्टराईले फिल्मको अन्त्य नो भोटबाट  गरेको भए झनै रामो हुने बताए ।  फिल्ममा दुई राजनीतिक कथा उठाइए पनि अन्त्य भने सन्तुलित छ ।

अभिनेता दिपकराज गिरीले नेपाली राजनीतिको केही अध्ययन गरेर फिल्मको कथा बनाएको सुनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप