सिरहामा पाँच फरार प्रतिवादी पक्राउ
मङ्गलबार, ०५ कात्तिक २०७६, १९ : २६

सिरहा– जिल्ला प्रहरी कार्यालय सिरहाले फरक–फरक मुद्दाका पाँच जना फरार प्रतिवादी पक्राउ गरी जिल्ला अदालत सिरहामा बुझाएको छ । सादा पोसाकमा खटिएको प्रहरी टोलीले लुकिछिपी रहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा कुटपिट मुद्दाका फरार प्रदिवादी सिरहा नपा २ का ६२ वर्षीय धनिकलाल महरा, सिरहा नपा ९ का ६२ वर्षीय रामचन्द्र गडेरी, सोही नगरपालिका–७ का २६ वर्षीय बालकृष्ण मुखिया रहेका छन् ।
त्यसैगरी चोरी मुद्दाका फारार प्रतिवादी सिरहा नपा १९ का २० वर्षीय ज्ञानचन्द्र मुखिया र लेनदेन मुद्दाका फरार प्रतिवादी सिरहा ५ का ६० वर्षीय श्रीमती लखिपत देवी साह रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी अपिलराज बोहराले जानकारी दिए ।
पक्राउ परेका सबैलाई अदालतको निर्णयअनुसार कार्वाही हुने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘कोशी एक्सिलेन्स अवार्ड’ साहित्यकार घिमिरेलाई अर्पण
-
आज पनि बढ्यो सुनको मूल्य, तोलामा कतिमा हुँदैछ कारोबार ?
-
प्रादेशिक अस्पतालबाट निजी अस्पतालमा पठाइएका बिरामीको मृत्यु, घटनाको छानबिन गर्न माग
-
हिजो विद्रोहको प्रतीक रहेको झापाबाट आज प्रतिक्रान्तिको खतरा देखियो : प्रचण्ड
-
सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ
-
चम्किला ज्याकेट लगाएका मान्छेको सडकमा आतंक