मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सङ्घिय सरकारले प्रान्तीय सरकारलाई अधिकारबाट बञ्चित गर्‍यो: राजेन्द्र महतो

मङ्गलबार, ०५ कात्तिक २०७६, १९ : ०५
मङ्गलबार, ०५ कात्तिक २०७६

धनुषा– राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र  महतोले मधेसको विकास निर्माण कार्य र अधिकारको लडाई सँगसँगै अघि बढ्ने बताएका छन् । सहिद दुर्गानन्द झा स्मृति सभा हलको उद्घाटन गर्दै महतोले सो कुरा बताएका हुन् ।

महतोले संघीय सरकारले प्रान्तीय सरकारलाई अधिकार दिन नचाहेको आरोप समेत लगाए । उनले अबको दिनमा आफूहरु अधिकारको लडाइँसँगै विकास निर्माणको अभियान अघि बढ्ने बताए ।  आफू यसै निर्वाचन क्षेत्रबाट जितेकोले गर्दा पनि यो क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको उनको भनाई थियो । उनले दुर्गानन्द झा अस्पताललाई सुविधासम्पन्न बनाइने बताए ।

उनले भने, ‘म संसद भएपछिको पहिलो तलब नै यो अस्पतालको लागि छुट्याएको छु । अस्पतालको काम सुरु भएको छ र अहिले बॉन्ड्री वाल तयार भएको छ । जहाँबाट भएपनि रकम उपलब्ध गरेर यहां सुबिधा सम्पन्न अस्पताल निर्माण गर्नुपर्छ।’

राजपाका केन्द्रिय सदस्य राजू चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास मन्त्री नवल किशोर साहले सहिद दुर्गानन्द झाको अस्पतालको लागि २ करोड़ रुपैया दिने घोषणा गरे । कार्यक्रममा दुर्गानन्द झाकी पत्नी काशी देवी झालाई सम्मान समेत गरीएको थियो ।

प्रदेश सरकारको ९० लाख रुपैयाँको लगानीमा स्मृति भवन निर्माणाधीन अवस्थामा रहेको छ । बि.स. २०१८ सालमा तत्कालीन राजा महेन्द्रमाथि  जनकपुरमा बम प्रहार गरेको आरोपमा झालाई फाँसी दिइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप