१०.२५% एसबीएल डिबेन्चर २०८३ (ऋणपत्र) नेप्सेमा सूचीकृत
मङ्गलबार, ०५ कात्तिक २०७६, १८ : २३

काठमाडौं– सिद्धार्थ बैंक र नेपाल स्टक एक्सचेन्ज बीच प्रति अंकित तथा चुक्ता मूल्य एक हजार कायम भएको २५ लाख थान १०.२५% एस.बी.एल. डिबेन्चर २०८३ (ऋणपत्र) सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ ।
बैंकले सर्वसाधारण समक्ष एनएमबी क्यापिटल लिमिटेड मार्फत् २५ लाख थान १०.२५% एस.बी.एल. डिबेन्चर २०८३ खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको २५ लाख ऋणपत्र वितरण भई नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएको छ ।
ऋणपत्र सूचीकरण सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतमले हस्ताक्षर गरे भने नेपाल स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले हस्ताक्षर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश ‘क्याबिनेट’ निर्णय : लागुऔषधजन्य गतिविधि नियन्त्रण सुपरीवेक्षण समिति गठन
-
विवाह बन्धनमा बाँधिए क्रिकेटर अविनाश
-
अभिनेता आर्यन अधिकारीले गरे अनिषासँग इन्गेजमेन्ट
-
बैंगलुरु र पञ्जाबको खेलमा वर्षा बाधक
-
भारत सरकारको सहयोगमा सुन्दरहरैँचामा विद्यालय भवनको शिलान्यास
-
सीके राउतको गेम : श्रीमानविरुद्ध उजुरी, श्रीमतीलाई कुर्सी