बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नवनिर्वाचित ‘एनआरएनए’ पदाधिकारीलाई श्वेताश्री फाउन्डेसनको सम्मान

मङ्गलबार, ०५ कात्तिक २०७६, १७ : ४६
मङ्गलबार, ०५ कात्तिक २०७६

काठमाडौं– गैह्र आवसीय नेपालीहरुको संगठन ‘एनआरएनए’को नव निर्वाचित पदाधिकारीलाई श्वेताश्री फाउन्डेसनले बधाई तथा सम्मान गरेको छ । मंगलबार राजधानीमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा संस्कृति तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई प्रमुख अतिथिका रुपमा रहेका थिए । मन्त्री भट्टराई तथा फाउन्डेसनकी अध्यक्ष अभिनेत्री श्वेता खड्काले विजयी सबैलाई संयुक्त रुपमा सम्मानपत्र हस्तान्तरण गरे ।

कार्यक्रममा ‘एनआरएनए’ का नव निर्वाचित अध्यक्ष कुमार पन्त लगायत कार्यसमितिका सदस्य उपस्थित रहेका थिए । श्वेताश्री फाउन्डेसनले निर्माण गरिरहेको नमुना माझी बस्तीको बारेमा तयार पारिएको भिडियो समेत प्रस्तुत गरिएको कार्यक्रममा  वस्ती निर्माणको लागि केहीले सहयोग समेत गरेका थिए ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री भट्टराइले नमुना माझी बस्तीको लागि सरकारी तवरबाट सहयोग आवश्यक भए आफु तयार रहेको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप