लक्ष्मी बैंक माई कार्ड आइडिया डिजाइनर श्रेष्ठले पाइन् साढे तीन लाख
काठमाडौं– लक्ष्मी बैंक लि.ले माई कार्ड आइडियाज विजेता घोषणा गरेको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै बैंकले आफ्नो नयाँ भिजा कार्डका लागि छानिएको डिजाइन लोगो र डिजाइनर विजेता घोषणा गरेको हो । लक्ष्मी बैंक माई कार्ड आइडियाज विजेता टिशा श्रेष्ठ बनेकी छिन् । श्रेष्ठले नगद पुरस्कार तीन लाख ५० हजार जितेकी छिन् ।
बैंकले आयोजना गरेको क्राउडसोर्सिङ्ग प्रतियोगितामा भाग लिएका ६३९ प्रतियोगीहरु मध्येबाट श्रेष्ठ उत्कृष्टमा छानिएकी हुन् । विजेता घोषणा गर्दै बैंकले क्राउड सोर्सिङ्गको अवधारणा अन्तर्गत बैंकका ग्राहकहरुको रचनात्मकताको उजागर गर्ने अवसर प्रदान गर्दै सहकार्यको माध्यमबाट बैंकको नयाँ भिसा कार्डको डिजाइन बनाउने उद्देश्यका साथ सो प्रतियोगिता सञ्चालन गरेको जनाएको छ ।
यसै अवसरमा क्राउडसोर्सिङ्ग अवधारणामा यस्तो प्रसतयोगिता गर्ने लक्ष्मी बैंक अहिले सम्मकै पहिलो बैंक भएको बैंकले दाबी गरेको छ । प्रतियोगिताबाट सातैं प्रदेशका लागि आ–आफ्नै लोगो र चिनारी भएको भिसा कार्डको डिजाइन प्रस्तुत गरिएको छ ।
यो कार्ड प्रक्रियागत रुपमा ढिलोमा एक महिनाभित्र कार्यान्वयनमा ल्याइसक्ने बैंकले जनाएको छ । तर कार्डको डिजाइन वा प्रदेश स्तरिय भिजा कार्ड ग्राहकले आफुले चाहेको प्रयोग गर्न सक्ने कार्यक्रम मार्फत बैंकले अवगत गराएको छ ।
माई कार्ड आइडियाज क्राउडसोर्सिङ्ग प्रतियोगिता प्रदेश स्तरिय संस्कृति, संपदा तथा प्राकृतिक सौन्दर्यताका आधारमा गराइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ