अपराधिक गतिविधिमा संलग्न जोकोहीलाई कार्वाही हुनुपर्छ: नेता रायमाझी
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता टोपबहादुर रायमाझीले अपराधिक गतिविधिमा संलग्न जोकोहीलाई पनि सरकारले कार्वाही गर्ने बताएका छन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता रायमाझीले विगतका सरकारले ल्याउन नसकेको अपराधिक घटनालाई वर्तमान सरकारले बाहिर ल्याएर कार्वाही प्रक्रियालाई अघि बढाउने आँट गरिरहेको पनि स्पष्ट पारे ।
मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले विगतमा अपराधिक गतिविधिमा संलग्नहरुलाई सरकारले कुनै पनि प्रकारको बचाउ नगर्ने दृढता पनि व्यक्त गरे । नेता रायमाझीले गाउँगाउँमा विकास निर्माणको कामको लहर सुरु भएको पनि बताए । ‘सडक, सञ्चार, सिञ्चाईको सुविधा गाउँगाउँमा पुगेको छ,’ नेता रायमाझीको दावी थियो, ‘इतिहासमा यसअघि यस खालको विकास निर्माणको लहर कहिल्यै चलेको थिएन ।’
नेता रायमाझीले अब सरकारले जनताको अपेक्षाअनुसार काम गर्ने दावी पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोधारा चाँदनी सुक्खा बन्दरहगाह निर्माणको बाटो खुल्यो
-
सातै प्रदेशमा अटिजम भएका बालबालिकाको लागि तालिम केन्द्रहरू बनाउने तयारीमा छौँ : मन्त्री पौडेल
-
सन् २०५० मा १० प्रतिशतभन्दा बढी जापानी वृद्धवृद्धाको नजिकको नातेदार नहुने : सर्वेक्षण
-
बाढीले झोलुङ्गे पुल बगाएपछि दैनिक आवतजावतमा कठिनाइ
-
तस्बिरमा हेर्नुहोस् नवनियुक्त प्रधानन्यायाधीश राउतको शपथ
-
नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ