शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जिम्बावेमा ठूलो खडेरीका कारण ५५ हात्तीको मृत्यु

मङ्गलबार, ०५ कात्तिक २०७६, १४ : ५२
मङ्गलबार, ०५ कात्तिक २०७६

एजेन्सी ।  खडेरीको कारण पछिल्लो दुई महिनामा जिम्बावेको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्जका ५५ हात्तीको मृत्यु भएको छ । 

‘समस्या निक्कै खराब बनिसकेको छ,’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु व्यवस्थापन निकायका प्रवक्ता तिनाशे फराओले भने । ह्वाङ्वे राष्ट्रिय निकुन्जका सिंहजस्ता अन्य जीव पनि खडेरीबाट प्रभावित भएका छन् । 

दक्षिणी अफ्रिकी क्षेत्रमा रहेको जिम्बावे हाल सबैभन्दा खराबमध्ये सुख्खाबाट गुज्रिरहेको छ । देश गिर्दो अर्थतन्त्रसँग जुधिरहेको समयमा खडेरीले थप संकटको निम्त्याएको छ । 

पानीको खोजीमा गाँउ पसेका जंगली जीवले जंगल छेउका बस्तीहरुमा मानिस मार्नेदेखि खेती नष्ट गर्ने घटना बढेको छ । फराओका अनुसार यही वर्षमात्र २० जना मारिएका छन् । 

ह्वाङ्गेमा जीवको संख्या बढेकाले पनि वनस्पतिमा समेत क्षेति पुग्न थालेको छ । निकुञ्जले १५ हजार हात्तिलाई सम्हाल्न सक्ने भए पनि हाल त्यहाँ ५३ हजार हात्ति छन् । 

यही समयमा खडेरीका कारण पानीको स्रोत सुक्न थालेको छ । जनावरको लागि वन्यजन्तु एजेन्सीले ४०० मिटर गहिराईसम्मको इनार खनिरहेको छ ।

जिम्बावे अफ्रिकामा सबैभन्दा धेरै हात्ति पाइने देश हो । जिम्बावेले बढी भएको हात्तिलाई समातेर अन्य देशलाई निर्यात गर्ने सोच बनाएको छ। यसले एकतर्फ बासस्थानमाथिको भार कम हुन्छ भने अर्को संरक्षणको लागि आवश्यक रकम संकलन हुन्छ । 

तर लोपोन्मुख जीवजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय व्यापारसम्बन्धी अन्तराष्ट्रिय अभिसन्धीका पक्षधर राष्ट्रले हात्तिको विक्रिमा रोक लगाउन सफलतापूर्वक पहल लिएका छन् । 

हात्तीको अत्यधिक संख्यालाई कसरी व्यवस्थापन गर्ने भन्ने प्रश्नको सामना गरिरहेका जीवलाई यसले चिन्तित बनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप