मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पाकिस्तानी मुलका लण्डनका मेयर सदिक खानले गरे कश्मीरलाई लिएर लण्डनमा हुन लागेको र्‍यालीको विरोध

मङ्गलबार, ०५ कात्तिक २०७६, १४ : ४८
मङ्गलबार, ०५ कात्तिक २०७६

एजेन्सी । लण्डनका मेयर सदिक खानले कश्मीर मुद्दालाई लिएर दिवाली(तिहार)को दिन लण्डनमा भारत विरोधी मार्च हुन लागेकोमा आलोचना गरेका छन् । 

सदिक खानले विरोध र्‍यालीका कारण ब्रिटिस राजधानी लण्डनमा भारत–विरोधी भावना बढ्न सक्ने तर्फ सतर्क गराएका छन् । 

भारतीय मुलका लण्डन एसेम्ब्लीका सदस्य नवीन शाहको पत्रको जवाफमा सदिक खानले लेखेको पत्रमा यी कुरा भनिएको छ। मेयर खान पाकिस्तानी मुलका ब्रिटिस हुन् ।

पत्रमा सदिकले लेखेका छन् ,‘दिवालीको समयमा लण्डनस्थित भारतीय उच्चायोग अघि विरोध प्रदर्शन पूर्णत निन्दनीय छ ।’

सदिक खानको पत्रमा अगाडि लेखिएको छ ,‘ लण्डनका मानिस एकजुट हुनुपर्ने समयमा विरोध र्‍याली गर्दा मतभेद बढ्छ । यस र्‍यालीका अयोजक र यसमा भाग लिनेहरुले यसबारेमा पुनः सोचबिचार गरुन् ।’
लण्डनका मेयरको तर्फबाट अक्टोबर १८मा एक पत्रमा लेखिएको थियो । 

‘तपाईलाई थाहा छ कि विरोध–प्रदर्शन प्रतिबन्धित गर्ने अधिकार गृहमन्त्रीसँग छ। मैले यो पत्रलाई गृहमन्त्री प्रीति पटेल र महानगरिय प्रहरी कमिश्नर क्रेसिडा डिकलाई पनि पठाइरहेको छु,’ सदिकले शाहलाई जानकारी गराएका छन् ।

नवीन शाहले अगस्ट १५ को दिन भारतीय उच्चायोग अघि भएको हिंसात्मक झडपको पनि उल्लेख गरेका छन् । 

सादिक खानले लेखेका छन् ,‘म भारतीय मुलका ब्रिटिस नागरिकका चिन्ता बुझ्छु । कयैन मानिस उच्चायोग अघि भएको अघिल्लो प्रदर्शनबाट भयभित छन् । म लण्डनवासीलाई के आश्वस्त पार्छु भने गैरकानुनी काम गर्ने व्यक्तिमाथि सजायँ हुनेछ ।’

समाचार अनुसार आगामी विरोध प्रदर्शनमा पाकिस्तान प्रशासित कश्मीरका राष्ट्रपति सरदार मसूद खान र प्रधानमन्त्री राजा मोहम्मद फारुक हैदर खान पनि हिस्सा लिदैंछन् । ¥यालीको नाम नै ‘फ्रि कश्मीर ¥याली’ दिइएको छ ।  

नवीन शाहले अक्टोबर १७ को दिन लण्डनका मेयरलाई भारत विरोधी र्‍याली रोक्नको लागि सम्पर्क गरेका थिए । 

नवीन शाहले पत्रमा पवित्र पर्व दिवालीको दिन भारत विरोधी मार्च पूर्णत असंवेदनशील रहेको उल्लेख गरेका छन् । नवीन शाहले ट्वीटरमा आफ्नो पत्रलाई लण्डनका मेयरका अतिरिक्त महानगरिय प्रहरी प्रमुख र ब्रिटिस गृह मन्त्री प्रीति पटेललाई पनि ट्याग गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप