मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

रणबीर–आलियाको विवाहको कार्ड बाँडिएपछि...

मङ्गलबार, ०५ कात्तिक २०७६, १३ : ५४
मङ्गलबार, ०५ कात्तिक २०७६

इन्टरनेटमा कहिले के भाइरल हुन्छ त्यो भन्न सकिँदैन । ताजा मामला रणबीर कपुर र आलिया भट्टसँग जोडिएको छ । दुबैको प्रेम सम्बन्धको लामो समयदेखि चर्चा भइरहेको छ । भारतका विभिन्न मिडियाले त उनीहरुको चाँडै नै विवाह हुन लागेको समेत जानकारी दिएको छ ।

यसैबीच सोसल मिडियामा रणबीर–आलियाको विवाहको कार्ड भाइरल हुन थालेको छ । कार्डका अनुसार दुइएको विवाह राजस्थान जोधपुरस्थित उम्मेद भवन प्यालेसमा सन् २०२० को जनवरी २२ मा हुने छ ।

यो विवाहको कार्डलाई ट्वीटर र ह्वाट्सएपमा अत्यधिक बाँडिएका छन् । यद्यपि, कार्डलाई ध्यानपूर्वक हेर्ने हो भने यो फोटोसप भएको थाहा हुन्छ । कार्डमा स्पेलिङ र ग्रामर अत्यधिक बिगारिएको छ । कार्डमा आलियाको नाम नै बिगारिएको छ ।

यसबाहेक कार्डमा आलियालाई मुकेश भट्टकी छोरी बताइएको छ जबकी उनी फिल्म निर्माता महेश भट्टकी छोरी हुन् । त्यसमाथि यी दुईको विवाह हुने खबर दुबै परिवारका कुनै पनि सदस्यले दिएका छैनन् ।

स्मरण रहोस्, यसअघि पनि यी दुईको विवाहको तस्बिर भाइरल भइसकेको छ जुन उनका प्रशंसकले बनाएका थिए । यसमा रणबीरलाई दुलहा र आलियालाई दुलहीको रुपमा देखाइएको थियो ।

कामको कुरा गर्ने हो भने रणबीर–आलिया एकैसाथ अयान मुखर्जीको फिल्म ‘ब्रम्हास्त्र’ मा देखिनेछन् । यो फिल्ममा उनीसँग अमिताभ बच्चन, नागार्जुन, डिम्पल कपाडिया र मौनी रोयजस्ता नायकले पनि महत्वपूर्ण भूमिका निभाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप