बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

हिलारीले गबार्डलाई रुस समर्थित बताइन्ः ट्रम्पले गिज्याउँदै भने, ‘उनलाई जो पनि मस्कोको एजेन्ट लाग्छ’

मङ्गलबार, ०५ कात्तिक २०७६, १२ : ३०
मङ्गलबार, ०५ कात्तिक २०७६

अमेरिकाकी पूर्व विदेशमन्त्री हिलेरी क्लिंटनले एक अन्तरवार्तामा डेमोक्रेट सांसद तुलसी गबार्डलाई राष्ट्रपति पदको रुस समर्थित उम्मेद्वार बताएकी थिइन् । त्यतिबेलादेखि नै यी दुई नेताबीच तिखो बयानबाजी पनि चलिरहेको छ । अब यो विवाद अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसम्म पुगेको छ । उनले हिलारीको मजाक उडाउँदै भने, ‘मलाई लाग्दैन कि तपाईंले तुलसीको नाम सुन्नुभएको छ तर हिलारीले जसलाई पनि रुसी एजेन्ट भएको आरोप लगाउँछिन् । कोही उनीविरुद्ध उत्रिए ती पनि मस्कोका एजेन्ट हुन् ।’

ट्रम्पले थपे, ‘म तुलसी गबार्डलाई चिन्दिनँ, तर उनी रुसी एजेन्ट होइनन् । हिलारीको यस्तो प्रकारको बयानले तुलसीले राष्ट्रपति अभियानका लागि चर्चा पाउनेछिन् ।’

के भनेकी थिइन् हिलारीले ?

एक मिडिया ग्रुपलाई दिएको अन्त्वार्तामा हिलारीले भनेकी थिइन्, ‘मलाई यसबारे खासै थाहा छैन तर यस्तो लाग्छ कि उनीहरुले (रुसी एजेन्सीहरुले) राष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टीबाट यस्ता उम्मेद्वार पाएका छन्  जो चुनावमा तेस्रो पार्टीका प्रत्याशीको रुपमा उत्रिन सक्छिन् । हिलारीले गबार्डको नाम नलिइकनै भनिन्, ‘उनी रुसी एजेन्सीकी प्रिय हुन् । रुससँग उनलाई समर्थन गर्नका लागि केही वेबसाइट र प्रोग्राम छन् ।’

हिलारीले पूरा अन्तरवार्ताभरी गबार्डको नाम लिइनन् तर शोका प्रस्तोता एवं पूर्व राष्ट्रपति बराक ओबामाका सहयोगीको रुपमा काम गरिसकेका डेविड प्लूफले बताए अनुसार क्लिंटनलाई लाग्छ कि गबार्ड राष्ट्रपति चुनावमा कुनै तेस्रो पार्टीका उम्मेद्वारको रुपमा उत्रिनेछिन् जसलाई ट्रम्प र रुसी एजेन्सीले तर्फबाट मद्दत गरिनेछ ।

गबार्डले भनेकी थिइन्, ‘हिलारी मेरो छवि खराब गर्ने कोसिसमा छिन्’

अमेरिकाको हवाईबाट चार पटक डेमोक्रेट सांसद गबार्डले हिलारीको यो बयान आलोचना गरिन् । गबार्डले आरोप लगाइन्, ‘जबदेखि मैले राष्ट्रपति पदको दौडमा समावेश हुने कुरा बताएको छु त्यतिबेलादेखि डेमोक्रेट पार्टीमा केही मानिसहरु मेरो छवि खराब गर्ने अभियान चलाइरहेका छन् ।’

‘मेरो पिठ्युँमा होइन, अगाडि आएर प्रतिस्पर्धा गर’

गबार्डले भनेकी थिइन्, ‘सुरुमा मलाई थाहा थिएन कि यसको पछाडि को छ, तर अब मलाई सबै थाहा भइसकेको छ । यो काम तपाईं (हिलारी) कै थियो । आफ्नो प्रतिनिधी र कर्पोरेट मिडियाका शक्तिशाली साथीको आडमा तपाईंले मेरो छवि खराब गर्ने कसरतमा जुट्नुभएको थियो । तपाईं युद्ध सुरु गर्न माहिर हुनुहुन्छ । त्यसकारण डराएर आफ्ना प्रतिनिधीको पछाडि नलुक्नुहोस् । पदको दौडको सिधा समावेश हुनुहोस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप