शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल–बंगलादेश व्यापारसम्बन्धी प्राविधिक समितिको बैठक सुरु

मङ्गलबार, ०५ कात्तिक २०७६, १२ : १५
मङ्गलबार, ०५ कात्तिक २०७६

काठमाडौं । नेपाल र बंगलादेशबीच सहुलियतपूर्ण व्यापारसम्बन्धी प्राविधिक समितिको बैठक मंगलबारदेखि काठमाडौँमा सुरु भएको छ । 

 बैठकमा दुई देशबीचको व्यापारिक सम्भावनका विषयमा छलफल हुनेछ । विशेष गरेर क्षेत्रीय उडान, ऊर्जा, जलमार्ग, कृषि उत्पादनको निकासी, खाद्य सुरक्षा, नेपाली धागो निकासी तथा दुवै देशका उपभोग्य वस्तुको आयात निर्यातबारे छलफल गरिने बताइएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले बैठकले दुई देशबीचको व्यापार विस्तारका सम्बन्धमा ठोस निर्णय हुने बताए । 

बंगलादेश वाणिज्य मन्त्रालयकी सह सचिव सरिफा खानले दुई देशबीचको व्यापार प्रवर्द्धनका सम्बन्धमा यसअघि पनि छलफल भइसकेकाले बैठकले त्यसबारे महत्वपूर्ण निर्णय गर्नेमा आफू आशावादी रहेको बताइन् । 

प्राविधिक समितिको बैठकले गरेका निर्णयहरु दुवै देशको सचिवस्तरीय निर्देशक समितिले अनुमोदन गरेपछि कार्यान्वयनमा जाने छ ।

बैठकमा नेपालका तर्फबाट १५ र बंगलादेशका तर्फबाट ७ सदस्यीय प्रतिनिधिमण्डल सहभागी छन् । बैठक  बुधबार सम्म चल्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप