विश्वविद्यालय परीक्षामा नक्कली परीक्षार्थी प्रयोग गरेको आरोपमा बंगलादेशी सांसद निस्कासित

एजेन्सी । एक जना बंगलादेशी राजनीतिज्ञलाई परीक्षामा अनियमितता गरेको आरोपमा विश्वविद्यालयबाट निस्कासन गरिएको छ ।
सत्तारुढ अवामी लिग पार्टीकी सांसद तमन्ना नुस्रतमाथि १३ वटा विभिन्न परीक्षाका लागि उनीजस्तै देखिने मानिस प्रयोग गरेको आरोप छ।
परीक्षा चलिरहेको हलमा एक निजी टीभी च्यानल प्रवेश गरेर नुसरत बनेर परीक्षा दिइरहेकी महिलाको पर्दाफास गरेपछि यो काण्ड बाहिरिएको हो । नागोरिक टीभीमा खिचिएको महिलाको भिडियो क्लिप्स अहिले बंगलादेशी सामाजिक संजाल प्रयोगकर्तामाझ भाइरल बनेको छ ।
नुसरत अघिल्लो वर्षमात्रै संसदमा चुनिएकी थिइन् । उनी बंगलादेश ओपन युनिभर्सिटी(बीओयू)मा बीएमा अध्ययरत थिइन् ।
‘उनले गल्ती गरेकाले उनलाई निस्कासित गरिएको हो । गल्ती भनेको गल्ती नै हो ,’ बीओयूका प्रमुख एमए मन्ननले भने, ‘हामीले उनको भर्नानै रद्द गरेका छौं । अब उनी भावी दिनमा भर्ना हुन सक्ने छैनन् ।’
कलेजका एक अधिकारीले भने, ‘विगतमा सांसदले जाली विद्यार्थीमार्फत परीक्षा दिँदा सांसदले तिनको संरक्षणमा कार्यकर्ताहरुले खटाउथेँ । यसैले सबैलाई थाहा हुँदाहुँदै पनि अत्यन्त प्रभावशाली परिवारकी भएकाले कसैले पनि उनीविरुद्ध आवाज उठाएनन् ।’
बंगलादेशमा विभिन्न समय परीक्षा अनियमितता, चोरी तथा परीक्षाअघिनै प्रश्नपत्र बाहिरिने जस्ता अभ्यास हुने गरेको छ । कयैन पटक परीक्षापछि सर्ने वा परीक्षाफल रद्द हुने अवस्था देखिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छत्तीसगढमा भारतीय सुरक्षा बलसँगको भिडन्तमा कम्तीमा १६ माओवादीको मृत्यु
-
पाटनमा एउटामात्र घोडा कुदाएर मनाइयो घोडेजात्रा
-
सबै दलहरुले आफूलाई सुधार गर्दै परिवर्तनका बाँकी काम पूरा गर्नुपर्छ : जनार्दन शर्मा
-
रजनीमिलाका तीन कविता
-
कथावाचनका क्रममा भावुक भए धीरेन्द्र शास्त्रीः रुँदै भने- मैलेजस्तो पीडा कसैले भोग्नु नपरोस्
-
थाइल्याण्ड र म्यान्माका भूकम्प पीडितका लागि सहायता र आश्वासन आउने क्रम जारी