रोहित शर्माको दमदार प्रदर्शन

रोहित शर्माले करियरकै उत्कृष्ट ब्याटिङ गरेपछि दक्षिण अफ्रिका बिरुद्धको तेस्रो तथा अन्तिम टेस्टमा भारत जित नजिक पुगेको छ । यस खेलमा भारतका ओपनर ब्याट्सम्यान शर्माले दोहोरो शतक बनाएका छन् । अघिल्ला दुवै खेलमा जित निकालेको भारतले तेस्रो टेस्टमा टस जितेर पहिले ब्याटिङ गरेको थियो । दोस्रो दिन खेल चलिरहँदा भारतले ६ विकेट गुमाएर चार सय १७ रनको योगफल तयार पारेको थियो ।
भरतका लागि एकदिवसीय करियरमा तीन वटा दोहोरो शतक बनाएका रोहितले टेस्टमा पहिलो दोहोरो शतक बनाएका हुन् । उनले दुई सय १२ रन बनाउने क्रमम दुई सय ५५ बलको सामना गर्दै २८ चौका र ६ छक्का प्रहार गरेका थिए । उनले रविन्द्र जडेजासँग ४७ रनको साझेदारी गरेका थिए । अजिंक्या रहानेले पनि एक सय १५ रन बनाए । दक्षिण अफ्रिकाका लागि कागीसो रबाडाले तीन विकेट लिए । जर्ज लिन्डेले दुई तथा एन्रिच नोत्र्जले उक विकेट लिएका थिए ।
सोमबार राति भएको खेलमा दक्षिण अफ्रिका फलो अनमा परेको छ । भारतले ११६.३ ओभरमा चार सय ९७ रन जोडेर पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो । त्यसपछि पहिलो इनिङ थालेको दक्षिण अफ्रिका एक सय ६२ रन जोड्दै अलआउट भयो ।
पहिलो इनिङमा तीन सय ३५ रनको अग्रता बनाएपछि भारतले दक्षिण अफ्रिकालाई पुनः ब्याटिङमा पठाएको छ । दोस्रो इनिङमा पनि दक्षिण अफ्रिकाले राम्रो प्रदर्शन गर्न सकेको छैन । टेष्ट च्याम्पियनसिप अन्तर्गत तीन खेलको सिरिज भारतले यसअघि नै २–० ले जितिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा चीप बनाउन १ खर्ब डलर लगानी गर्दैछ ताइवानको टीएसएमसी
-
युक्रेनलाई दिएको सहायताभन्दा धेरै रकमको रुसी तेल किनेको भन्दै युरोपप्रति ट्रम्प आक्रोशित
-
पोखरा महानगरका मेयर र प्रमुख प्रशासकीय अधिकृत विरुद्धको मुद्दामा सुनुवाइ हुँदै
-
कांग्रेसद्वारा प्रदेश तहमा संविधान संशोधनको एजेन्डामा छलफल, विश्वस्त छैनन् विपक्षी दल
-
रुसमाथिको प्रतिबन्ध हटाउँदैछन् ट्रम्प ?
-
ट्राफिक व्यवस्थापन तथा सुरक्षामा प्रहरी र समुदायसँगसँगै