बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विप्लवले पदमुक्त गरेसँगै समातिए गुणराज लोहनी

मङ्गलबार, ०५ कात्तिक २०७६, ०८ : ४८
मङ्गलबार, ०५ कात्तिक २०७६

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका नेता गुणराज लोहनी प्रहरी  पक्राउ परेका छन् । 

मंगलबार लोहनीलाई प्रहरीले भरतपुरस्थित  उनकै घरबाट पक्राउ गरेको हो । प्रहरीले अहिले उनको घरमा खानतलासी गरिरहेको जनाएको छ ।
 
विप्लवले सोमबार विज्ञप्ति जारी गर्दै पार्टीका केन्द्रीय सदस्य रहेका लोहनीलाई स्वास्थ्य समस्याको कारण देखाउँदैं जिम्मेवारीबाट मुक्त गरेको जनाएको थियो ।

पार्टीको आठौं पूर्ण बैठकले उनलाई जिम्मेवारीबाट मुक्त गरिएको विज्ञप्तिमा उल्लेख छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप