शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बालोन डी’ओर मनोनयन सार्वजनिक, सुचीमा परेनन् मोड्रिच

मङ्गलबार, ०५ कात्तिक २०७६, ०८ : २१
मङ्गलबार, ०५ कात्तिक २०७६

सन् २०१९ को बालोन डी’ओर अवार्डको खेलाडी मनोनयल सार्वजनिक गरिएको छ । फ्रेन्च फुटबल एसोसिएसनले सोमबार राति ३० जना खेलाडीको मनोनयन सार्वजनिक गरेको हो । ३० सदस्यीय सुचीमा साविक विजेता लुका मोड्रिच अटाएका छैन् । 

क्रोएसिया तथा स्पेनिस क्लब रियाल म्याड्रिडका मिडफल्डर मनोनयनको प्रारम्भिक सुचीमा नअट्नु रहस्यमय बनेको छ । मनोनयनमा इङ्लिस क्लब लिभरपुलका सर्वाधिक सात खेलाडी परेका छन् ।

यसैगरी मनोनयनको सुचीमा पाँच पाँच पटकका विजेता युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनेल मेस्सी पनि समावेश छन् । डच क्लब आयक्सबाट अघिल्लो सिजन खेलेका र यस सिजन छाडेका समेतगरी चार र बार्सिलोनाबाट पनि चार खेलाडी मनोनयनमा छन् । विश्वका एक सय ८० देशका पत्रकारको भोटका आधारमा प्रदान गरिने यस अवार्ड फ्रान्सले सन् १९५६ देखि सञ्चालन गर्दै आएको छ । गतबर्ष मोड्रिचले रोनाल्डोलाई मतका आधारमा पछि पार्दै उक्त अवार्ड पहिलो पटक जितेका थिए । विजेताको घोषणा डिसेम्बर २ तारिख पेरिसमा हुनेछ ।

मनोनयनको प्रारम्भिक सुची

साडियो माने – लिभरपुल

सर्जियो अगुइरो – म्यानचेस्टर सिटी

फ्रान्की डि जोङ – आयाक्स÷बार्सिलोना

ह्युगो लोरिस – टोट्टनहाम

डुसान टाडिक – आयाक्स

केलियन एमबाप्पे – पीएसजी

टे«न्ट एलेक्सान्डर अर्नाेल्ड – लिभरपुल

डोनी भान डि बिक – आयाक्स

पिर्रे हेनरिक ओउवामियाङ – आर्सनल

मार्क आन्द्रे टेर स्टेगन – बार्सिलोना

क्रिस्टियानो रोनाल्डो – युभेन्ट्स

एलिसन बेकर – लिभरपुल

म्याथिज डि लेग्ट – आयाक्स÷युभेन्ट्स

करिम बेन्जेमा – रियाल म्याड्रिड

जर्जिन्हो विज्नाल्डम – लिभरपुल

भर्जिल भान डाइक – लिभरपुल

बर्नाडो सिल्भा – म्यानचेस्टर सिटी

ह्युङ मिन सन – टोट्टहाम

रोवर्ट लेवान्डोस्की – बायर्न म्युनिख

रोवर्टाे फिर्मिनो – लिभरपुल

लियोनल मेस्सी – बार्सिलोना

केभिन डि ब्रुयन – म्यानचेस्टर सिटी

कलिडोउ कोउलीवाली – नापोली

रियाद महारेज – म्यानचेस्टर सिटी

एन्टोइन ग्रीजम्यान – एट्लेटिको म्याड्रिड÷बार्सिलोना

मोहम्मद सलाह – लिभरपुल

जोओ फेलिक्स – बेन्फिका÷एट्लेटिको म्याड्रिड

इडेन हजार्ड – चेल्सी÷रियाल म्याड्रिड

मार्किन्योस – पीएसजी

रहिम स्टर्लिङ – म्यानचेस्टर सिटी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप