केन्द्रीय संस्करण

भाइटीकाको भाइमसलाः गुणस्तर हेर्ने मेसिन नभएपछि ‘तिहार बजार’ अनुगमन हुन सकेन

person explore access_timeकात्तिक ५, २०७६ chat_bubble_outline0

मिठाई र त्यसमा प्रयोग हुने रङको परीक्षण गर्ने उपकरण नभएपछि काठमाडौं महानगरपालिकाले अहिलेसम्म ‘तिहार बजार’ अनुगमन गर्नसकेको छैन।

मासिक वा दैनिकजसो अनुगमन गर्नुपर्ने महानगरपालिकाले राजधानीका करिब ४० लाख जनताको स्वास्थ्यसँग जोडिएको मिठाईलगायत खाद्यपदार्थमा प्रयोग गरिने रङ, तेल, घिउ र अम्लीयपनको अनुगमन गर्न नसकेको स्विकारेको छ।

मिठाई र भाइ–मसलामा विभिन्न किसिमको मिसावट देखिने गरेको छ।तर तिहारमा अनुगमन गर्ने तयारी भए पनि उपकरण नभएकाले काम अघि नसरेको स्विकार्दै कामपा कृषि विभाग प्रमुख हरिबहादुर भण्डारीले भने– ‘उक्त उपकरण किन्न कामपाको खरिद इकाइमा फाइल पेस गरिएको छ, उपकरण आउनासाथ अनुगमन थालिन्छ।’

भण्डारीले उपभोक्ता संघ, वाणिज्य विभाग, उपभोक्ता हित तथा आपूर्ति विभाग, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय, कामपा प्रहरीलगायत सरोकारवाला निकायका अधिकारीको सदस्यतामा गठित ९ सदस्यीय समितिले अनुगमन गर्ने बताए । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.