शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली कर्मचारीलाई आतकंकारी क्रियाकलापबारे भारतमा प्रशिक्षण

सोमबार, ०४ कात्तिक २०७६, २१ : १२
सोमबार, ०४ कात्तिक २०७६

काठमाडौं – नेपाल सरकारका १८ जना कर्मचारीले भारतमा सम्पत्ति शुिद्धकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण विषयमा प्रशिक्षण लिइरहेका छन् ।

भारतको बेंगलोरमा नेशनल एकेडेमी अफ कस्टमस, इण्डाइरेक्ट टेक्सेस एण्ड नार्कोटिक्समा उनीहरुले सोमवारदेखि प्रशिक्षण लिइरहेको भारतीय दूतावासले जनाएको छ । 

सरकारका विभिन्न निकायहरुको क्षमतालाई अभिवृद्धि गर्ने भारत सरकारको प्रतिबद्धताको उदाहरणको रुपमा यस कार्यक्रमलाई लिइएको छ । भारत सरकारको पूर्ण सहयोग रहेको सो कोर्ष भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोग कार्यक्रम अन्तर्गत रहेको छ ।

यस प्रशिक्षणले कार्यक्रममा सहभागी अधिकारीहरुको सम्पत्ति शुिद्धकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी मामिलाहरुलाई प्रभावकारी ढङ्गबाट सामना गर्न सक्ने क्षमतालाई अभिवृद्धि गर्ने दावी गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप