बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको बदनाम गरेको भन्दै मन्त्री महासेठमाथि खनिए मन्त्री यादव र नेता झा

सोमबार, ०४ कात्तिक २०७६, २० : ३३
सोमबार, ०४ कात्तिक २०७६

जनकपुर – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को धनुषा जिल्लामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले एक्लौटीरुपमा मनोमानी गरेपछि विपरीत धु्रवमा रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादव र नेता रामचन्द्र झा ठाउँमा उभिएका छन् ।

सोमबार धनुषाको महेन्द्रनगरमा शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री यादवले नेकपामा पुजीवादी मात्र नभई अपराधिकरण समेत हुदैँ गएको बताए । संगठन विधि र विधानलाई बेवास्ता गर्दै मन्त्री र पहुँचवाला नेताहरु सत्ता र शक्तिको दुरुपयोग गरी धन आर्जनतर्फ लागेको भन्दै इमान्दार नेता कार्यकर्ताहरुलाई पाखा नको आरोप थियो ।

 उनले भने, ‘नेकपाको केन्द्रीय समिति ९ जना नेताले चलाउने गरेको छन्, त्यसरी नै नेकपाको प्रदेश नम्बर २ को समिति समेत ४ जनाले मात्रै चलाएर संगठनलाई भताभुंग बनाइयो । पार्टी संगठनलाई पेवा सम्झिनेविरुद्ध नेता कार्यकर्ताहरु एकजुट भई आन्दोलनको तयारीमा जुट्न आवश्यवक देखिएको छ ।’

पार्टीभित्र सङ्घियता, गणतन्त्र र समावेशी समानुपातिक विरोधिहरु अहिले आफूहरुको नेता हानथाप गरेको देख्दा दुःख समेत लाग्ने गरेको बताए । 

मन्त्री फेरबदलबारे उनले भने, ‘अध्यक्ष प्रचण्डले ओली सरकार भनेको सुन्दा अचम्म लाग्छ । पार्टीले निर्णय गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई कार्यान्वयन गरे मात्रै आफू पार्टीको निर्णय मान्ने छु । र त्यसपछी मात्रै सरकारले पार्टीको निर्णय कायान्वयन गर्नेछु ।’

मन्त्री यादवले अगाडि थपे, ‘केही ठूलाबडा मन्त्री र ठुलाबडा नेताहरुको आलोचना गर्दा दुरी बढाउने गरेको देखिन्छ । जबकी बैचारिक बहस छलफलमा दुरी बढ्नु स्वाभिक नै हो । तर यहाँ आफ्नै कामरेडलाई हत्या गर्दासम्म चुप लागेर बस्छन् । यो कस्तो बिडम्वना ?’

त्यस्तै नेता रामचन्द्र झाले मन्त्री महासेठको कारण प्रधानमन्त्रीको बदनामी भएको बताए । उनले अहिलेको सरकारले राम्रो काम गरे पनि मन्त्री महासेठले विकास निर्माणको काम चैते विकासे निर्माण गरेको र निर्माण हुने वितिकै भत्किन थालेकाले अहिलेको सरकारको आलोचना उनको भनाइ थियो ।

मन्त्री महासेठले पार्टी संगठनमा मात्र नभई राज्यको ढुकुटीमाथि पनि कुनियती राखेकाले ओली सरकार बदनाम भएको झाको दाबी छ । सम्पत्ति शुद्धिकरण भएमा मन्त्री महासेठ भ्रष्टाचारको कारण जेल नै चलान हुने समेत उनले ठोकुवा गरे । उनले भने, ‘ठूलाबडा समेत जेलमा रहेकाले महासेठ जादैनन् भनेर दम्भ देखाउनु गलत हो । छिट्टै उनी जेल जाने छन् । तसर्थ हामी तपाईहरुलाई सचेत गराउन आएका हौ । कम्युनिस्ट पार्टीमा जनता र राष्ट्रको योगदान लागि मात्र हो ।’

नेता झाले नेकपा धनुषा जिल्ला कमिटीमा लिखित उजुरी दिएको बताउदैँ नेता कार्यकर्तामाथि अन्याय भए  आन्दोलनमा उत्रिने चेतावनी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप