बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपालीहरुको घना वस्ती भएको अमेरिकाको टेक्सस ड्यालसमा आँधीबेरी

सोमबार, ०४ कात्तिक २०७६, १९ : ४८
सोमबार, ०४ कात्तिक २०७६

अमेरिका– नेपालीहरुको घना वस्ती भएको अमेरिकाको टेक्सस ड्यालसमा भीषण आँधीबेरी (टोरनेडो) आएको छ । आँधीबेरीबाट बस्ती अन्धकारमय भएको छ। आइतबार राती ९:३० बजे बाट आएको आँधिबेरी (टोरनेडो)ले एकलाख घरहरु प्रभावित भएका छन् । आँधीमा परेर घाइते हुनेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ भने अन्य मानवीय क्षतिबारे विवरण आइसकेको छैन ।  

आँधीका कारण ठुला भवनहरुमा समेत क्षति पुगेको छ भने रुख र बिजुली बत्तीका खम्बाहरु ढलेका छन् ।  ड्यालसको फोर्ट वर्थ क्षेत्रमा निकै क्षति भएको हुन्सक्ने अनुमान गरिएको छ ।

सोही क्षेत्रमा १ लाख ग्राहकका घरमा बिजुली बत्ति बिच्छेद भएको छ । सरकारले आँधी प्रभावित क्षेत्रका विद्यालय र विश्वविद्यालय समेत केही दिनका लागि बन्द गर्ने निर्णय गरेको सीएनएनले जनाएको छ ।सोमबार बिहानदेखि प्रहरीहरु प्रभावित क्षेत्रमा पुगेर उद्धार जुटिरहेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप