शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पोखराको सान्त्वना जित

सोमबार, ०४ कात्तिक २०७६, १९ : ०४
सोमबार, ०४ कात्तिक २०७६

काठमाडौं – पोखरा पल्टनले वुमेन च्याम्पियन्स लिग (डब्लुसीएल) मा सान्त्वना जित निकालेको छ । पोखराले सोमबार भएको लिग चरणको अन्तिम खेलमा ललितपुर फाल्कोन्सलाई ६ विकेटले हरायो ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ललितपुरले दिएको एक सय २३ रनको विजय लक्ष्य पाएको पोखराले १७.२ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । पोखराको जितमा कविता कुँवरले अविजित ६१ रन बनाईन् । 

बिन्दु रावलले ४० रन जोडिन् । ललितपुरकी ममता चौधरी र नेरी थापाले समान दुई दुई विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा सात विकेटको क्षतिमा एक सय २२ रन बनाएको थियो । ललितपुरका लागि ममता चौधरीले अविजित ५२ रन बनाईन् । कविता जोशीले ३१ र सम्झना खड्काले १० रन बनाए ।

पोखराकी सिता रानामगरले दुई विकेट लिईन् । पोखरा र ललितपुर यसअघिनै प्रतियोगिताबाट बाहिरिएका थिए । चितवन राइनोज फाइनल पुगिसकेको छ । क्याट क्विन्स काठमाडौं र विराटनगर टाइटन्सबीचको प्लेअफ विजेताले बिहिबार चितवनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । काठमाडौं र विराटनगरको खेल मंगलबार हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप