नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास कार्यक्रम काँग्रेसद्वारा बहिष्कार

काठमाडौँ– राजधानी भित्रिने मुख्य नाकाका रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास कार्यक्रम नेपाली काँग्रेसले बहिष्कार गरेको छ । सुरुङमार्ग शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।
चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी नेपाली काँग्रेसबाट निर्वाचित हुन् । आफ्नो नगरपालिकामा सुरुङमार्ग शिलान्यास भएपनि मेयर गिरीको कार्यक्रममा उपस्थिति थिएन् ।
यस्तै चन्द्रागिरी नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष दुर्गालाल महर्जन, ७ का वडाअध्यक्ष शम्भु केसी, १२ का वडाअध्यक्ष प्रकाश श्रेष्ठ र काँग्रेसबाट निर्वाचित अन्य वडाका वडाअध्यक्षहरुको पनि कार्यक्रममा उपस्थिति थिएन ।
यस्तै, नेपाली काँग्रेसका नेता तथा सांसद राजन केसी, काँग्रेस नेता पूर्वसांसद ध्यानगोविन्द रन्जितलगायत चन्द्रागिरी नगरपालिकाका काँग्रेस नेताहरुको पनि कार्यक्रममा उपस्थित देखिएन ।
आफूलाई निमन्त्रणा नआएको भन्दै कार्यक्रममा उपस्थित नभएको मेयर गिरीको भनाइ छ । मेयर गिरीले भने, ‘व्यक्तिगत रुपमा जानकारी आएपनि संस्थागत रुपमा निमन्त्रणा आएन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा