रोजगारीको प्रलोभन देखाएर युवतीहरुलाई यौन धन्दामा लगाउने युवक पक्राउ
काठमाडौं । राजधानीमा रोजगारीको प्रलोभन दिएर युवतीहरुलाई यौनसम्पर्कका लागि बाध्य पार्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न होटलमा लगेर युवतीहरुलाई स्वदेशी तथा विदेशी पुरुषसँग यौनसम्पर्क गर्न लगाएको आरोपमा प्रहरीले सर्लाहीको भक्तिपुर गाविस–१ स्थायी घर भई हाल काठमाडौं, डल्लु बस्ने ३१ वर्षीय टंकबहादुर माझीलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीका अनुसार ठमेल आसपासका होटलमा लगेर माझीले राजधानी बाहिरबाट आएका युवतीलाई काममा लगाइदिन्छु भन्दै यौनसम्पर्कमा बाध्य पार्ने गरेको पाइएको छ ।
बोगटीका अनुसार दरबारमार्गबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान नागपोखरीमा शंकास्पद अवस्थामा आएको ट्याक्सी रोकेर सोधपुछ गर्दा तीन युवती ठमेल क्षेत्रका होटलमा परपुरुषसँग यौनसम्पर्कपछि डेरातर्फ जाँदै गरेको तथ्य खुलेको थियो । उनीहरुका साथबाट परिवार नियोजनका अस्थायी साधनसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
उनीहरुकै बयानका आधारमा प्रहरीले माझीलाई पक्राउ गरेको हो । माझीले ती युवतीलाई यौनसम्पर्कमा लगाएबापत पुरुषहरुसँग मोटो रकम असुल्ने गरेको प्रहरीको भनाइ छ ।
पक्राउ परेका माझीलाई जिल्ला अदालतमा पेश गरी अनुसन्धानका लागि म्याद थप गरिएको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन
-
मन्त्रिपरिषद् बैठकमा सहकारीको समस्याबारे गम्भीर छलफल
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
बीआरआई परियोजनाबारे बृहत गृहकार्यको आवश्यकता
-
बलिउडमा डेब्यू गर्दैछिन् अक्षयकुमारकी भान्जी सिमर