कति कमाउँछन् बैङ्कका सिइओहरुले ?

काठमाडौं । आधा दर्जन बैङ्कले आफ्नो वार्षिक प्रतिवेदनमार्फत सिइओको तलब सार्वजनिक गरेका छन् । बैङ्क अफ काठमाण्डू, कुमारी बैङ्क, सानिमा बैङ्क, माछापुच्छ्रे बैङ्क, सिटिजन्स बैङ्क र एनआईसी एसिया बैङ्कले सिइओको तलब सार्वजनिक गरेका हुन् ।
बैङ्क अफ काठमाण्डूले सिइओलाई वार्षिक २ करोड ३२ लाख ८५ हजार रुपैयाँ पारिश्रमिक दिने गरेको प्रतिवेदनमा उल्लेख छ भने सिटिजन्स बैङ्कले ९२ लाख १२ हजार रुपैयाँ दिन्छ । यसैगरी कुमारी बैङ्कले सिइओलाई २ करोड १४ लाख ६३ हजार रुपैयाँ, एनआइसी एसियाले दुई करोड १३ लाख ६७ हजार रुपैयाँ, सानिमा बैङ्कले दुई करोड आठ लाख ३९ हजार रुपैयाँ र माछापुच्छ्रे बैङ्कले एक करोड १७ लाख ९८ हजार रुपैयाँ पारिश्रमिक दिने गरेका छन् ।
यी बैङ्कहरुले गत आर्थिक वर्षको वार्षिक साधारण सभा गरिसकेका छन् । सोही सभामार्फत सिइओको तलब सार्वजनिक गरेका हुन् ।
लाभांश धेरै दिनेमा एनआइसी एसिया र सानिमा
साधारणसभामा बैङ्कहरुले गत आर्थिक बर्षको नाफाबाट लगानीकर्तालाई दिने लाभांश समेत घोषणा गरिसकेका छन् ।
बैङ्क अफ काठमाण्डूले १७ प्रतिशत लाभांश दिने भएको छ । उसले ११ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर दिनेछ ।
यता कुमारी बैङ्कले १० प्रतिशत बोनस सेयर दिँदैछ । असार मसान्तसम्म कुमारीले १ अर्ब ३३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यता सिटिजन्स बैङ्कले गत बर्षको नाफाबाट १२ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर गरी १५ प्रतिशत लाभांश लगानीकर्तालाई दिनेछ ।
एनआइसी एसिया बैङ्कको २१.०५ प्रतिशत लाभांश पारित भएको छ । बैङ्कको साधारण सभाले ११.०५ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर गरी कुल २१.०५ प्रतिशत लाभांश अनुमोदन गरिसकेको छ । गत आर्थिक वर्षमा एनआइसीले ३ अर्ब ५ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै सानिमा बैङ्कले २१.०५ प्रतिशत लाभांश वितरण गर्छ । असार मसान्तसम्म सानिमाले २ अर्ब २४ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
माछापुच्छ्रे बैङ्कले गत वर्षको नाफाबाट प्रस्ताव गरिएको ५ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश अनुमोदन गरिसकेको छ । असार मसान्तसम्म माछापुच्छ्रेले १ अर्ब ७० करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला
-
आफुहरुको माग सम्बोधन हुनेमा शिक्षक महासंघ विश्वस्त, १२ को परीक्षाबारे गम्भीर, आन्दोलन जारी रहने
-
१२ बजे, १२ समाचार : सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीनदेखि कजरिया टायल्सको कारोबार रोक्कासम्म
-
सरकार र शिक्षकबिचको वार्ता निष्कर्षविहीन
-
१० बजे १० समाचार : शिक्षकको आन्दोलन र वार्ता सँगसँगै, कलाकारमाथि डिजिटल हिंसा