शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

उपनिर्वाचनका लागि तोकिए ३७ जिल्लाका न्यायाधीश मुख्य निर्वाचन अधिकृत (सूचीसहित )

सोमबार, ०४ कात्तिक २०७६, १६ : ५१
सोमबार, ०४ कात्तिक २०७६

काठमाडौँ– निर्वाचन आयोगले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि ३७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । मंसिर १४ गते विभिन्न ३७ जिल्लामा प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३ र स्थानीय तहको प्रमुख–१, अध्यक्ष–३, उपाध्यक्ष–१ र वडा अध्यक्ष–४३ गरी जम्मा ५२ पदका लागि निर्वाचन हुँदैछ । 

उक्त उपनिर्वाचन सञ्चालन तथा व्यवस्थापन गर्न मिति २०७६ कात्र्तिक १३ गतेबाट लागू हुने गरी मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको हो । यहि कातिक ३ गते बसेको आयोगको बैठकले न्याय परिषद्को परामर्शमा ३७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र न्याय सेवा आयोगको परामर्शमा ११ जना नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरिएको आयोगका सहसचिव तथा प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । 

मुख्य निर्वाचन अधिकृत र अधिकृतमा क–कसले पाए नियुक्ति ? 
कास्की क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ । सो जिल्लामा कास्की जिल्ला अदालतका न्यायाधीश काजीबहादुर राई नियुक्त भएका छन् । बाग्लुङमा हुने प्रदेशसभा निर्वाचनका लागि बाग्लुङका न्यायाधीश बासुदेव न्यौपाने, भक्तपुर दाङमा क्रमश जगतनारायण प्रधान र रितेन्द्र थापा मुख्य निर्वाचन अधिकृत तोकिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप