ट्रिपरले ठक्कर दिँदा एकजनाको मुत्यु, एकजना गम्भीर घाइते
सोमबार, ०४ कात्तिक २०७६, १६ : ४३
परासी– नवलपरासी पश्चिममा टिपरको ठक्करबाट एकजनाको घटनास्थलमै मुत्यु भएको छ भने एक गम्भिर घाइते भएका छन् । भैरहवा—भुमही सडक खण्डमा सोमबार दिउँसो टिपर र मोटरसाईकल एकआपसमा ठोक्किँदा मोटरसाईकल चालक रामग्राम १८ बस्ने ३० वर्षीय लक्ष्मण चौधरीको घटनास्थलमै मुत्यु भएको हो । रामग्राम १८ कै ३२ वर्षीय बलिराम चौधरी गम्भीर घाइते भएको प्रहरीले जानएको छ ।
गम्भिर घाईते चौधरीको उपचार पृथ्वीचन्द्र अस्पताल परासीमा हुन नसकेपछि थप उपचारको लागि भैरहवा पठाइएको जिल्ला प्रहरी कार्यालय डिएपी वीरेन्द्र थापाले जानकारी दिए । भैरहवाबाट भुमहीतर्फ आउँदै गरेको लु १ख ५६५८ नम्बरको ट्रिपर र बिपरित दिशाबाट जाँदै गरेको लु ३२ प ७५७९ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको जनाइएको छ । ठक्कर दिने ट्रिपर र चालक प्रहरी नियन्त्रणमा रहेको डिएसपी थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको व्याख्या : चार पुरुषले एक महिलामाथि एकै पटक करणी गर्नु सामूहिक बलात्कार
-
आलु, बन्दा, काउलीलगायतका तरकारीको थोक मूल्य सस्तियो (मूल्यसूचीसहित)
-
पुरैनी तालमा चराको सङ्ख्या घट्यो
-
डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकालाई किन दिए चेतावनी ?
-
मुलुकको कूल व्यापार घाटा रु सात खर्ब २३ अर्ब
-
वैदेशिक अध्ययनमा बाहिरियो ५६ अर्ब ८३ करोड